मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • भारतमा २४ घण्टामा ५७ हजारले जिते काेराेनालाई : ४९ हजार १७१ जनाकाे मृत्यु
समाचार

भारतमा २४ घण्टामा ५७ हजारले जिते काेराेनालाई : ४९ हजार १७१ जनाकाे मृत्यु

कोरोना

साउन ३१,

ऐजेन्सी : भारतमा एकै दिन ५७ हजार काेराेना संक्रमित काेराेनामुक्त भएका छन्। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ३ सय ८१ जना डिस्चार्ज भएका हुन्।

सङ्क्रमणमुक्त भएका मध्ये केही अस्पतालमा उपचार गराइरहेका सङ्क्रमितसमेत छन्। काेही भने हाेम आइसाेलेसबाटै काेराेनामुक्त भएका छन्। यसैबीच भारतमा पछिल्लाे २४ घण्टामा काेराेना ६५ हजारभन्दा बढीमा काेराेना संक्रमण भएकाे पाइएकाे छ।

त्यस्तै हाल भारतमा प्रतिदिन ९ सय बढीकाे काेराेनाकै कारण ज्यान जाने गरेकाे छ। शनिबार रातिसम्म देशभर ५० हजार मानिसकाे ज्यान जाने त्यहाँकाे मन्त्रालयले बताएकाे छ। याे औसत अमेरिका र ब्राजिल बराबर हाे। भारतभर हाल ४९ हजार १ सय ७१ जनाकाे मृत्यु भइसकेकाे छ। संसारभर काेराेनाबाट निधन हुने मानिसमा भारतले ६ दशमलव ५ प्रतिशत हिस्सा ओगटेकाे छ।file Photo

फेसबुक प्रतिक्रियाहरु