शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछापको दोरम्बामा अनिश्चितकालिनको लागि बन्द : सचेत रहन नेकपाको आग्रह
रामेछाप बिशेष

रामेछापको दोरम्बामा अनिश्चितकालिनको लागि बन्द : सचेत रहन नेकपाको आग्रह

कोरोना

साउन ३२,

रामेछाप । कोरोना संक्रमण नियन्त्रणका लागि रामेछापको दोरम्बा गाउँपालालिका पनि गाउँपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । गाउँपालिकाले एक सूचना जारी गरी सेवा बन्द गरेको जनाएको छ । गाउँपालिका उपाध्यक्ष कृषला घिसिङले सूचना जारी गरी गाउँपालिका भित्र दैनिक उपभोग्य सामान बिक्री गर्ने खाद्यान्न लगायतका पसल बिहान ५ बजेदेखि १० बजेसम्म मात्र खुल्ला राख्न पाइने बताए । अन्य पसल र सेवा बन्द हुने उहाँले बताए ।

त्यस्तै कम्युनिष्ट पार्टी (नेकपा) रामेछापले पनि जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएकोले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ । पार्टीको तर्फबाट जिल्ला सचिवालय सदस्य आनन्द श्रेष्ठले जिल्लाबासीलाई सामाजिक दुरी कायम गर्न, मास्क लगाउन तथा भिडभाड नगर्न आग्रह गरे ।

साथै पार्टीका कार्यकर्तालाई समेत उहाँले कोरोना विरुद्ध समाजमा सचेतना फैल्याउने काममा सहयोग र सहकार्य गर्न आग्रह गरेका छन् । जिल्लामा कोरोना नियन्त्रण अभियानमा राजनीतिक दलले समेत सचेतनाका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएपछि प्रमुख राजनीतिक दलका नेता कार्यकर्ता सचेतना अभियानमा लागेका छन् ।file Photo

फेसबुक प्रतिक्रियाहरु