साउन ३२,
रामेछाप । रामेछापमा कोरोना संक्रमितको कूल संख्या ५० पुगेको छ। हालसम्ममा जिल्लाबाट स्वाब संकलन गरेर परीक्षण गरेका ३३ जना र रामेछाप स्थायी घर भएकाहरुको देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना गरी ५० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए ।
उनका अनुसार जिल्लामा कोराना पुष्टि हुने मध्ये २४ जना निको भएर घर फर्किएका छन भने ९ जनाको आइसोलेनमा उपचार भइरहेको छ । शनिबार १०२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएसंगै जिल्लामा ८ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको छ । आठ वटा स्थानीय तहमा गरेर हाल ५९ जना क्वारेन्टिनमा रहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु