शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रामेछाप जिल्ला १४ दिनको लागि पूर्ण रुपमा शिल : बजार ५ घण्टा खुल्ने, हिड्डुल् पनि ठप्प पारिने
रामेछाप बिशेष

रामेछाप जिल्ला १४ दिनको लागि पूर्ण रुपमा शिल : बजार ५ घण्टा खुल्ने, हिड्डुल् पनि ठप्प पारिने

कोरोनाको रामेछापमा प्रभाव

साउन २९,

रामेछाप । रामेछाप जिल्ला भोलि शुक्रबारदेखि शिल गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अुसार आगामी भदौ ११ गतेसम्मको लागि जिल्ला पूर्ण रुपमा शिल गरिने भएको हो । बिहिबार रामेछाप जिल्लामा थप तीन जना कोरोना संक्रमित स्थानीहरुलाई पुष्टि भएसंगै प्रशासनले थप कडा गर्ने भएको हो ।

१४ दिनको लागि जिल्लामा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म हिड्डुल गर्न पनि पाईने छैन । त्यस्तै पसलहरु बिहान ५ घण्टा मात्रै संचालन हुने भएको छ । पसलहरु बिहान ५ बजेदेखि बिहाना १० बजेसम्म मात्रै खुल्ने छ । यातायातका साधानहरु अत्याश्यक बाहेक कुनै पनि साधान चल्ने छैनन् । जिल्ला प्रवेश गर्ने मुख्यानाकाहरुमा विशेष कडाई गरिने भएको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु