बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेविसंघले भक्तपुरका संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा दियो
राजनीति

नेविसंघले भक्तपुरका संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा दियो

नेपाल विद्यार्थी संघ

साउन २९,

भक्तपुर । नेपाल विद्यार्थी संघले भक्तपुर जिल्लाका संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । भक्तपुर प्रेस युनियन जिल्ला शाखाको समन्वयमा नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जिल्लाका पत्रकार एवं संचारकर्मिहरुलाई सर्जिकल माक्स , पन्जा, सेनिटाइजर लगाएतको स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको नेविसंघ निवर्तमान केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिए ।

पछिल्लो समय कोरोना भाइरसको महामारी ह्वात्तै बढेको र यसबाट सबैभन्दा उच्च जोखिममा स्वास्थ्यकर्मी , संचारकर्मी र सुरक्षाकर्मी रहेकाले नेविसंघले स्वास्थ्य सुरक्षाका लागि एस्ता वितरणका कार्यक्रमहरु गर्दै आएको र आगामी दिनहरूमा पनि जारी रहने संघका महामन्त्री तिमल्सिनाले बताए ।

सामाजिक दुरि कायम गर्दै गरिएको वितरण समारोह बरिस्ठ पत्रकारहरु कविर राणा, जगत नेपाल , नारायण किलम्बु , केदारनाथ कोइराला , नेपाल पत्रकार महासंघ भक्तपुरका सभापति पुष्करराज बुढाथोकी , नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुर्व सभापति भुपेन्द्र थापा, कांग्रेस भक्तपुरका महाधिवेशन प्रतिनिधि सुरेस श्रेष्ठ ,नेविसंघ पुर्व सहमहामन्त्री माधब ढकाल , नेपाल दलित संघ भक्तपुरका सभापति रामराजा मुग्राती , सिन्धुपाल्चोक कांग्रेस नेता देवराज श्रेष्ठ , महिला नेतृ संगिता फुयाल , नेविसंघ भक्तपुर क्याम्पस अध्यक्ष प्रवीण लाखे, नेपाल तरुण दल चागुनारायण नपा अध्यक्ष गोबिन्द थापा विद्यार्थी नेताहरु धर्मराज कार्की , नारायण हमाल, घनश्याम घिमिरे , मनिष रायमाझी , बिबेक थापा लगाएतको उपस्थित रहेको ढुंगेलले जानकारी दिए । वितरण कार्यक्रम नेपाल प्रेस युनियन भक्तपुरका अध्यक्ष रोशन शिल्पकारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु