बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामा १३४ सहित ६३८ जना कोरोना संक्रमित थपिए : ८३ पुग्यो मृतकको संख्या
समाचार

काठमाडौं उपत्यकामा १३४ सहित ६३८ जना कोरोना संक्रमित थपिए : ८३ पुग्यो मृतकको संख्या

कोरोना

साउन २७,

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गर्दै आएको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

धनुषाका ६० वर्षीय पुरुष, धनुषाकै ५० वर्षीय पुरुष, काभ्रे पाँचखालकी ५० वर्षीया महिला र सिन्धुपाल्चोक बाह्रबिसेका ८४ वर्षका पुरुषको मृत्यु भएसंगै मृतकको संख्या ८३ भएको हो । त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६३८ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

थपिएकामा काठमाडौं उपत्यकाका अहिलेसम्मकै बढी एक सय ३४ जना रहेका छन् । तीमध्ये काठमाडौंका ११०, ललितपुरका १६ तथा भक्तपुरका ८ जना हुन् । अहिलेसम्म एक सय ८३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । हाल ७ हजार २ सय १ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा एक सय ७१ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६२ वटा पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले ११ हजार ५८ जना क्वारेन्टिनमा र ७ हजार २ सय १ जना आइसोलेसनमा रहेका छन् ।काठमाडौं उपत्यकामा १३४ सहित ६३८ जना कोरोना संक्रमित थपिए

फेसबुक प्रतिक्रियाहरु