शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • रामेछापमा संचालित हाटबजारहरु पूर्ण रुपमा बन्द गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन
रामेछाप बिशेष

रामेछापमा संचालित हाटबजारहरु पूर्ण रुपमा बन्द गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

नागरिकलाई मास्क वितरण

साउन २७,

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले कोरोना भाइरस संक्रमणबाट जोगिनको लागि नागरिक स्तरमा मास्क वितरण कार्यलाई तिवृ पारेको छ । बुधबार सदरमुकाम मन्थलीबाट सुरु गरेको मास्क वितरण कार्य मंगलबार रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा गरिएको छ ।

स्थानीय तहहरुसंगको समन्वयमा प्रशासन कार्यालय रामेछाप र प्रहरी कार्यालय रामेछापको संयुक्त आयोजनामा संचालन  भैरहेको हो । उनीहरुले यसलाई एक अभियानकै रुपमा अघिबढाएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सतर्कता एक मात्र उपाए भएको बताएकी छन् । उनले अनिवार्य रुपमा मास्क लगाउन, साबुन पानिले हातधुन, सेनिटाइजर प्रयोग गर्न र एक अर्काबिच भौतिक दूरी कायम गर्न सबैलाई आग्रह गरेकी छन् । उनले औपचारिक रुपमा लकडाउन हटाइएको भएपनि कोरोना संक्रमणको जोखिम भने नहटेकाले सबैलाई उच्च सतर्कता अपनाउन सचेत गराएकि छन् । उनले स्थानीय स्तरमा संचालनमा रहेका हाट बजारहरुलाई पूर्ण रुपमा बन्द गर्न समेत निर्देशन् दिएकि छन् ।

सोही क्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले प्रशासनको सचेतना अभियान प्रभावकारी भएको दाबी गरे ।

त्यसैगरि रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले नागरिक स्तरमा सचेतना पुर्याउन अभियानले भूमिका खेलेको बताए । कार्यक्रममा तपाईंको मास्क खै लेखिएको प्लेकार्ड लिएर बजार परिक्रमा गरिएको थियो ।file Photo

No description available.

फेसबुक प्रतिक्रियाहरु