शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • रामेछापमा, नेकपा र समाजवादी पार्टी परित्याग गरि तीन दर्जन बढि कांग्रेसमा प्रवेश
रामेछाप बिशेष

रामेछापमा, नेकपा र समाजवादी पार्टी परित्याग गरि तीन दर्जन बढि कांग्रेसमा प्रवेश

कांग्रेसमा प्रवेश

साउन २७,

रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ६ लखनपुरका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ता र समाजवादी पार्टीका कार्यकर्ताहरु पार्टी परित्याग नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार नेकपाको गढमानिने लखनपुरका तीन दर्जनभन्दा बढि कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको नेपाली काङ्ग्रेस जिल्ला कार्यासमिति रामेछापका प्रवक्ता नारायण बहादुर खड्काले जानकारी दिए । उनका अनुसार नेकपाको सरकारले जनताको चाहान अनुसार काम गर्न नसकेको बताउदै उनीहरु नेकपा त्यागेको बताए । उनीहरुले नेपकाको सरकारले चरम भ्रष्टाचार गरेको बताएको खड्काले जानकारी दिए ।

पार्टी प्रवेश गरेका उनीहरुलाई नेपाली कांग्रेसका माहामन्त्री डा. शशांक कोइरालाले टीका लगाएर काङ्ग्रेसको सदस्यता दिई पार्टीमा स्वागत गरेका थिए । कांग्रेसमा प्रवेश गर्नेमा समाजवादी पार्टीका कार्यकर्ता समेत रहेका नबराज गौतमसमेत रहेका छन् । त्यस्तै नेकपा गाउँकमिटिका पदादिकारी रहेको बताइएको छ । खड्कका अनुसार पूर्व एमालेका कार्यकर्तानै बढि कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेमा दिपेन्द्र गौतम, बिनोद गौतम, कुमार गौतम, बिरेन्द्र गौतम, रेशम गौतम, सरोज गौतम, सागर न्यौपाने, प्रेम श्रेष्ठ, बिजय गौतम, सन्तोष कार्की, कृष्ण ढुङेल, प्रदिप गौतम, गणु चौलागाई, केशव गौतम, सन्दिप गौतम, सुरेश गौतम, सुदर्शन गौतम, शम्भु गौतम, सुमन कार्की, पदम थापामगर, रुपसागर लामा, बिनोद रानामगर, टिकाराम राणामगर, केशब घिसिङ, छत्र बहादुर मगर, कृष्ण बहादुर मगर, बिष्णु राणामगर, डिल बहादुर मगर, सुवास मोक्तान, दिपक मोक्तान, शहनराज मोक्तान, ओमप्रकाश मोक्तान र अशोक तामाङ रहेका छन् । अशोक खाडादेवी गाउँपालिकाका बासिन्दा हुन् ।

No description available.

 

फेसबुक प्रतिक्रियाहरु