शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • रामेछापमा आज एकैदिन १०१ जनाको स्वाब संकलन : ४८ जना क्वारेन्टिनमा
रामेछाप बिशेष

रामेछापमा आज एकैदिन १०१ जनाको स्वाब संकलन : ४८ जना क्वारेन्टिनमा

रामेछाप जिल्ला अस्पताल

साउन २७,

रामेछाप । रामेछाप जिल्लामा मंगलबारसम्ममा १०१ जनाको कोरोना भाइसर संक्रमण परिक्षणको पीसिआर रिपोर्ट आउन बाँकी रहेको जिल्ला अस्पताल रामेछापले विज्ञप्तिमार्फत जानकारी दिएको छ । ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार जिल्लामा ६१९  जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै हालसम्ममा ८ सय ९२ जनाको आरडिटी परीक्षण गरिएको छ । जसमा १८५ जना महिला र ७०७ जना पुरुषको  रहेका छन् ।

त्यस्तै जिल्लाका दुई नगरपालिका र छवटा गाउँपालिकामा गरि ४५३ वेडको क्वारेन्टिन बनाइएको छ । क्वारेन्टिनमा ९ महिलासहित ४८ जना मानिसहरु बसेका छन् ।

त्यस्तै १३५ वेडको आइसोलेसन कक्ष बनाइएको छ । आएसोलेसनमा ७ जना छन् । हालसम्ममा ८ सय ५० जनाको स्वाबसंकलन गरिएको छ । आज मात्रै १०१ जनाको स्वाब संकलन गरिएको हो ।file Photo

No description available.

फेसबुक प्रतिक्रियाहरु