बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एकै साथ दुई अभियान सञ्चालन गर्दै दिप्रुङचुईचुम्मा एकता सेवा समाज ,
समाचार

एकै साथ दुई अभियान सञ्चालन गर्दै दिप्रुङचुईचुम्मा एकता सेवा समाज ,

पिडित परिवारकाअनुसार आफूसँङ्ग

साउन २७,रमन वन,

खोटाङ । खोटाङ र काठमाडौंमा संचालित रहेको दिप्रुङचुईचुम्मा एकता सेवा समाजले एकै साथ दुई अभियान सञ्चालनमा गरिरहेको छ । “रोगी, गरिब,असाहाय तथा दिन दुस्खीको साहारा दिप्रुङचुईचुम्मा एकता सेवा समाजको अभिभारा“भन्ने मुल नाराको साथ दिप्रुङचुईचुम्मा गाउपालिका १ याम्खा र सोही गाउपालिका ३ छोरोम्बुको पिडितको लागि अभियान सञ्चालनमा ल्याएको हो।

गाउपालिकाको वडा नं. ३ छोरोम्बु निवासी बुद्धिमान तामाङकी छोरि वर्ष ३७ कि सरिता तामाङ लामो समय देखि दुबै मृर्गाैलामा समस्या भई काठमाडौंस्थित टिचिङ हस्पिटलमा उपचार गराईरहनुभएकोमा हाल आएर उहाँको दुबै मृगौलाले काम गर्न छोडी मृगौला दाता हुँदा समेत आर्थिक अभावको कारण मृगौला फेर्न समस्या भएकोले “सरिता तामाङ बचाउ” अभियान सुरु गरिएको उक्त समाजका काठमाडौका सचिव नबराज रोकाले बताउनुभयो ।

पिडित परिवारकाअनुसार आफूसँङ्ग भएको जायजेथा उपयोग गरी उपचार गर्दा पनि नसकिसकेपछि अन्य शुभेच्छुकबाट सहयोगको अपिल गर्नुपरेको बताएका छन् ।

यसैविच सोही संस्थाले दिप्रुङचुईचुम्मा गाउपालिका १ मा अवस्थित महेन्द्रोदय आधारभुत विध्यालय याम्खाका शिक्षक जयप्रकाश सुवेदी गत ५ महिना अघिदेखि उक्त रक्तचापको कारण अप्रेसनको लागि उपचार खर्च अभाव भएकाले टिचिङ अस्पतालमा थलिएर बसेका शिक्षकको उपचारको लागि पनि अभियान नै थालनी गरेर सहयोग रकम संकलन गरिरहेको जनाइएको छ ।

काठमाडौँ उपत्यकाभित्र र देशको विभिन्न ठाउमा छरिएर रहेका आम पालिकावासी दाजुभाइ तथा दिदी बहिनिलाई एउटै छानामुनी गोलावद्व बनाई जस्तोसुकै आपत विपत्मा साथ सहयोग गर्ने उदेश्यको साथ २०७६ सालमा यस संस्था स्थापना गरिएको बताइएको छ ।
दुबैजना पिडितलाई सहयोग गर्न ईच्छुक देश बिदेशमा छरिएर रहनु भएका आम दाजु भाइ तथा दिदी बहिनीलाई आर्थिक सहयोग गर्न यस संस्थाले अपिल गर्दै आईरहेको छ ।

आर्थिक रकम जम्मा गर्नको लागि संस्थाको आधिकारीक खाता एवम् दिप्रुङचुईचुम्मा एकता सेवा समाज काठमाडौँको प्रभु बैंक हात्तीगौँडा शाखा काठमाडौ खाता नम्बर १०००१५०३१६७०००१५ मा सहयोग गर्न सकिने जनाइएको छ । थप जानकारी लिनुपरेमा सम्पर्क नम्बर ९८५१०४४३३१ मा सम्पर्क गर्न सकिने छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु