बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)ले मनायो २१ औं स्थापना दिवस : ५० हजारको अक्षय कोष स्थापना गर्ने घोषणा
रामेछाप बिशेष

आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)ले मनायो २१ औं स्थापना दिवस : ५० हजारको अक्षय कोष स्थापना गर्ने घोषणा

२१ औं स्थापना दिवस

साउन २७,

रामेछाप । नेपाल आदिबासी जनजाती पत्रकार संघ (फोनिजले) आफ्नो २१ औं स्थापना दिवस मनाएको छ । मंगलबार रामेछाप जिल्लाको, रामेछाप नगरपालिकामा कार्यक्रमको आयोजना गरि २१ औं स्थापना दिवस मनाएको हो । सो अवसरमा प्रमुख अतिथिको रुपमा रहेका सोही नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले सञ्चार क्षेत्रको विकासको लागि आफ्नो नगरपालिका सदैव तयार रहेको बताए । उनले गत वर्षहरुमा पनि संचारक्षेत्रलाई बजेट बिनियोजन गरेको स्मरण गराउदै आगामी दिनमा त्यो कामलाई निरन्तर दिने बताए ।

त्यस्तै उप-प्रमुख सिर्जना खड्काले संचार क्षेत्रले नगरका बासिन्दाहरुलाई जनचेतना फैलाउन, नगरलाई सहयोग गरेको बताउदै आगामी दिनमा सञ्चार क्षेत्रसंग समन्वय गरेर अघि बढ्ने विश्वास् दिलाइन् । उनले पत्रकारहरुले समाजका नकरात्कम कुराहरुलाई सहितरिकाले प्रकाशन, प्रसारण गर्न सुझाव दिइन् ।

त्यस्तै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेलले आगामी दिनमा जनप्रतिनिधि र पत्रकाहरु एक भएर अघि बढ्नुको विकल्प नभएको बताए । उनले पत्रकारहरुको कलमले जनप्रतिनिधिहरुको राम्रो कामको बारेमा चर्चा गर्नु पर्ने आशा बोकेको समयमा भ्रष्टचार, हत्या, हिंसा, लगाएतका अपराधिक गतिविधिका समाचार लेख्नु पर्ने बाध्यता भएकाले जनताहरुलाई दुख्द समाचार दिन विवश भएको बताए ।

कार्यक्रममा संघले लामो समय पत्रकारीले गरेको भन्दै संचारकर्मी युनिक बिफा घिसिङलाई नगद ५ हजार पुरस्कारसहित, प्रमाणपत्र, र दोसल्ला ओडायर सम्मान गरेको छ । संघले विगतका दिनदेखिनै आफ्नो स्थापना दिवसको अवसरमा पत्रकारीता क्षेत्रमा योगदान् पुर्याउने पत्रकारहरुलाई सम्मान गर्दै आएको छ । साथै सोही कार्यक्रममा उत्कृष्ट आदिवासी जनजाती पत्रकारीता वर्ष पुरस्कारका  लागि ५० हजारको अक्षय कोष स्थापना गर्न पत्रकार सुमित श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु