बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • संचारकर्मी घिसिङ नगद सहित सम्मानित
रामेछाप बिशेष

संचारकर्मी घिसिङ नगद सहित सम्मानित

आदिबासी जनताती पत्रकार संघको २१ औं स्थापना दिवस

साउन २७,

रामेछाप । संचारकर्मी युनिक विफा घिसिङ सम्मानित भएका छन् । मंगलबार आदिबासी जनताती पत्रकार संघले सम्मान गरेको हो । संघको २१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका बिच घिसिङलाई नगद ५ हजारसहित सम्मान गरेको हो ।

संघले घिसिङलाई नगद ५ हजार पुरस्कारको साथमा प्रमाण पत्र, दोसल्ला ओडायर सम्मान गरेको हो । संघले विगतका दिनदेखिनै आफ्नो स्थापना दिवसको अवसरमा पत्रकारीता क्षेत्रमा योगदान् पुर्याउने पत्रकारहरुलाई सम्मान गर्दै आएको छ ।

गत साल जिल्लामा बसेर लामोसमय देखि पत्रकारीता गर्दै आएका सुमित श्रेष्ठ सम्मानित भएका थिए । यो पटक घिसिङ सम्मानित भएका हुन् । कार्यक्रम गतसाल जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिमा गरिएको थियो भने यो पटक रामेछाप नगरपालिकामा गरिएको छ । संघले कार्यक्रम आगामी दिनमा पालिका स्तरसम्म गर्ने बताएको छ। file Photo

फेसबुक प्रतिक्रियाहरु