शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • लामो दूरीका सवारी र हवाइ उडान, शैक्षिक संस्था र भर्ना अभियान भदौ १५ सम्म बन्द गर्ने सरकारको निर्णय
समाचार

लामो दूरीका सवारी र हवाइ उडान, शैक्षिक संस्था र भर्ना अभियान भदौ १५ सम्म बन्द गर्ने सरकारको निर्णय

सोमबार बसेको मन्त्रिपरिषद् बैठक

साउन २७,

काठमाडौँ । सरकारले लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण झन् फैलन थालेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले यसअघि भदौ १ गतेदेखि चल्न दिने निर्णय गरेको थियो ।

बैठकले २ सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा यातायातका साधान भित्रिने र बाहिर जान नदिने निर्णय गरेको छ । कोरोनाका बिरामीहरूको संख्या २ सयभन्दा बढी भएका जिल्लाहरुमा अत्यावश्यक बाहेकका सवारी साधानहरुलाई भित्रिन र बाहिरिन नदिने निर्णय गरेको हो ।

‘अत्यावश्यक परेर पास बनाएका र बिरामी बाहेक अरूको आवागमनमा कडाइ गर्ने निर्णय भएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले  भने । २ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु उच्च निगरानीमा रहेको समेत उनले बताएका छन् । यस्तै सरकारले भदौ मसान्तसम्म सीमा नाकाहरु बन्द गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै भदौ १५ सम्म विद्यार्थी भर्ना अभियान र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । सरकारले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने घोषणा गरेको थियो । समुदायस्तरमा कोरोना फैलन थालेपछि यसअघि तोकिएका परीक्षा अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय भएको एक मन्त्रीले बताए । file  Photo

फेसबुक प्रतिक्रियाहरु