शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामा मात्रै १ हजार १७९ जना कोरोना संक्रमित : ९ जनाको मृत्यु, सरकारी सेवाहरू ठप्प
समाचार

काठमाडौं उपत्यकामा मात्रै १ हजार १७९ जना कोरोना संक्रमित : ९ जनाको मृत्यु, सरकारी सेवाहरू ठप्प

 साउन २७,

ललितपुर । काठमाडौं उपत्यकामानै हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् । ९ जनाको मृत्यु भएको छ । उपत्यकामा संक्रमणको सन्त्रास बढेसँगै त्यहाँका सबै महानगरपालिका र नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा तीन साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

यसअघि काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिसकेका छन् । राजधानीमा नै सर्वसाधारण त्रसित बन्न पुगेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चालेका प्रयासहरू निरर्थक देखिएका छन् ।

संक्रमणका कारण काठमाडौंमा सात र ललितपुरमा दुई जनाको मृत्यु भएको हो । सोमबार मात्रै काठमाडौंमा थप तीन जनाको मृत्यु भएको छ । संक्रमण सन्त्रास बढेसँगै काठमाडौं उपत्यकाभित्रका २ महानगरपालिका र १६ नगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा तीन साताका लागि बन्द गर्ने निर्णय गरेका हुन् । काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले नगरपालिकाले दिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।file Photo/स्रोत राजधानी दैनिक

फेसबुक प्रतिक्रियाहरु