बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • अब जिल्ला अस्पताल रामेछापमा मृगौलाको डाईलसिस् हुन्छ : मन्त्री ढुङ्गेल्
रामेछाप बिशेष

अब जिल्ला अस्पताल रामेछापमा मृगौलाको डाईलसिस् हुन्छ : मन्त्री ढुङ्गेल्

डाइलासिस्

साउन २६,

रामेछाप । बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश प्रसाद ढंगेलले अब जिल्ला अस्पताल रोमछापमै मृगौलाको डाईलसिस सेवा सुरु हुने बताएका छन् । गुह जिल्ला रामेछाप आएका अर्थ मन्त्रि ढंगेलले जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको निरीक्षणपछि सरोकारवालाहरुसँग छलफल गर्दै सो कुरा बताएका हुन् ।

उनले प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा मात्रै मृगौलाका विरामीको डाईलसिस हुने गरेको भन्दै अब छिट्टै केहि महिना भित्रै जिल्ला अस्पतालबाटै डाईलसिस सेवा सुरु हुने बताए ।

अर्थ मन्त्रि ढुंगेले प्रदेश सरकारले प्रत्येक जिल्लाका एउटा अस्पतालमा एक विशेषज्ञ चिकित्सक सहितको सेवा सुचारु गर्न लागेको जानकारी गराए । जिल्ला अस्पताल रामेछापलाई कुन रोगको उपचारको विशेष सेवा सहितको अस्पताल बनाउने हो त्यस अनुसारको प्रस्तावपत्र पेश गर्न उनले आग्रह गरे । । १५ शैया रहेको जिल्ला अस्पताल मन्त्रि ढंगेलकै पहलमा २५ शैया बनेको छ । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख विद्या खनाल , अस्पताल विकास समितीका अध्यक्ष रोशन पाख्रिन र डाक्टर आनन्द आचार्यले अस्पतालमा आवश्यक उपकरण , अस्पतालको अवस्था लगायतका बारेमा अर्थ मन्त्रि ढुंगेलले जानकारी गराएका थिए ।file Photo

फेसबुक प्रतिक्रियाहरु