शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ करोड : ७ लाख ३४ नाघयो हजारभन्दा धेरैको मृत्यु
समाचार

विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ करोड : ७ लाख ३४ नाघयो हजारभन्दा धेरैको मृत्यु

कोरोना

साउन २६,

ऐजेन्सी । विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड नाघेको छ । आजा बिहानसम्म विश्वका दुई करोड ३१ हजार पाँच सयभन्दा धेरैमा कोरोनाको सङ्क्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर ७ लाख ३४ हजार १ सयभन्दा धेरेको मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएका मध्ये १ करोड २९ लाख ४ हजारभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् । अहिले विश्वमा ६३ लाख ९३ हजार चार सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरुमध्ये ६४ हजार आठ सयभन्दा धेरै गम्भीर बिरामी रहेका छन् । चीनको हुबेई प्रान्तको वुहान शहरबाट गएको डिसेम्बर महिनाको अन्त्यबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका २ सय १६ देश तथा विभिन्न क्षेत्रमा पुगिसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ५१ लाख ९९ हजार चार सयभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाका कारण एक लाख ६५ हजार ५ सयभन्दा धेरैको मृत्यु भएको छ । दोस्रो धेरै प्रभावित देशमा ब्राजिल रहेको छ । ब्राजिलमा ३० लाख ३५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा १ लाख एक हजारभन्दा धेरैको मृत्यु भएजको छ । तेस्रो धेरै प्रभावित रहेको भारतमा २२ लाख १५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा ४४ हजार चार सयभन्दा धेरैको मृत्यु भइसकेकाे छ ।

त्यस्तै भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । मुखर्जी आफैले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिए । file Photo

फेसबुक प्रतिक्रियाहरु