बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अधिकृतको बिदाईमा जनप्रतिधीको आँखामा भरीए आँसु
रामेछाप बिशेष

अधिकृतको बिदाईमा जनप्रतिधीको आँखामा भरीए आँसु

रामेछाप नगरपालिका

साउन २६
रामेछाप । विगत ९ महिना देखी रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गर्दै आएका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र पौडेलको बिदाइ कार्यक्रममा जनप्रतिनीधीहरुले आँखा भरी आँसु पार्दै विदाई गरेका छन् । स्थानिय तहको निर्वाचन पछी रामेछाप नगरपालिकामा आएका प्रमुख प्रशासकिय अधिकृतहरु मध्य विदाई भएर जादै गरेका अधिकृत दिपेन्द्र पौडेलले जनप्रतिनिधीहरुको मन जित्दै नगरपालिकामा विकास निर्माण र सामाजिक उतरदायित्वको काम सरल र सहज तरिकाले नागरिकको समेत मन जित्न सफल भएको भन्दै विदाई कार्यक्रममा जनप्रतिनिधीको आँखा रसाएका हुन् ।

९ महिने उनको कार्यकालमा समयमै योजना सम्झौता, प्रत्यक वडामा डाक्टर सहितको निशुल्क स्वास्थ्य घुम्ति शिवर र पशु स्वास्थ्य घुम्ती शिवीर, एक घर एक पशू विमा कार्यक्रम ,वडा वडामा योजना सम्झौता, बैक मार्फत सामाजीक सूरक्षा भत्ता वितरण, नगरपालिकामा भित्रने पर्यटकहरुलाई ध्यानमा राखी ओख्रेनी र सुकाजोरको सिमानामा पर्ने भालुखोप डाँडामा भ्यूँटावर निर्माण गर्नुको साथै होमस्टेसञ्चालन गरी नागरिकको मन मनमा वस्न सफल भएका थिए ।

विदाई कार्यक्रम सोमवार रामेछाप नगरपालिकाको प्रमुख नर बहादुर थापा मगरको अध्यक्षतामा भएको थियो । विदाई कार्यक्रममा बोल्दै प्रमुख मगरले नगरपालिकाको सेवा प्रवाह र समन्वयको हिसाबले अहिलेसम्मकै राम्रो काम गरेको भन्दै अधिकृत लाई धन्यवात दिदै खुशी ब्यक्त गरे ।
विदाई कार्यक्रममा सहभागी उपप्रमुख सिर्जना खड्का र वडाका वडा अध्यक्षहरुले प्रशासकिय अधिकृत पौडेलले ९ महिने कार्यकालमा गरेको काम जिल्लाकै स्थानिय तहहरु मध्य उत्कृटकाम गरेको भन्दै प्रशंसा समेत गरेका थिए ।

विदाई कार्यक्रममा राजनितीक दलका प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु,नागरिक समाजका प्रतिनिधीहरुले समेत प्रशासकिय अधिकृत पौडेलको छोटो वसाईमा नमुना दिर्घजिविकाम गरेको भन्दै खुशी प्रकट गरे ।
प्रशासकिय अधिकृत पोडेलले आफ्नो छोटो वसाईमा जनप्रतिनिधी,राजनीतीक दल, कर्मचारी,सञ्चारकर्मी र नागरिक समाजले कामगर्न अतुलनिय सहयोग गरेको भन्दै खुशी ब्यक्त समेत गरे ।file Photo

फेसबुक प्रतिक्रियाहरु