बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • रामेछापका कांग्रेस नेताहरुले केन्द्रीय कुन कुन जिम्मेवारी पाए
रामेछाप बिशेष

रामेछापका कांग्रेस नेताहरुले केन्द्रीय कुन कुन जिम्मेवारी पाए

कांग्रेस

साउन २६,

रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता भुवन खड्का कांग्रेस केन्द्रीय स्थानीय तह समन्वय विभागको सदस्यमा मनोनित भएका छन् । उनलाई पार्टीले रामेछापको स्थानीय तहको समन्वय गर्ने जिम्मेवारी दिएको हो । रामेछाप सुनापती गाउँपालिका–५ खनियापानी निवासी खडका कांग्रेस तरुण दलका पूर्व केन्द्रीय सदस्य एवं रामेछाप कांग्रेसका अध्यक्ष भइसकेका छन् ।

त्यस्तै  खाँडादेवी गाउँ पालिकाका नेता नारायण कार्की तराइ मधेस समन्वय बिभागको सदस्य भएका छन् ।

त्यस्तै नेता रामकृष्ण ढुङ्गेल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति द्वारा गठित यातायात समन्वय बिभागको सदस्यको जिम्मेवारी पाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु