बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नयाँ वैचारिक आधारमा सोच र संस्कृतिको विकास गर्नुपर्छ : प्रचण्ड
समाचार

नयाँ वैचारिक आधारमा सोच र संस्कृतिको विकास गर्नुपर्छ : प्रचण्ड

शुभकामना

१७ साउन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

मुस्लिम समुदायको महान् पर्व बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, ‘पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो ।’

Image may contain: text that says 'J नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय नेपाल मुस्लिम समुदायको विदेशमा रहनभएका सम्पूर्ण व्यक्त गर्दछ्ु शुभकामना इद् दिदीवहिनी नेपाल भौगोलिक दाजुभाइहरुमा तथा शुभकामना सम्मानको विविधताले भरिएको चालचलन, सांस्कृतिक विविधता हो। हो विविध भापा, धर्म, नेपालको संविधानमा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र देशको पक्षलाई आत्मसात सामाजिक मान्यता, भौतिक अभौतिक पनि विकसित भएका लगायतको उत्पादन संस्कृति पुरानो सोच संस्कतिको विकास आजको आधारमा समुच्च नयाँ वैचारिक आधारमा नेपाली समृद्विका लागि जनताको यही सम्पूर्ण भरोसाको दृढतापूर्वक अघि बदन जनसमुदायमा सुख, समृद्ि, संस्कतिको विकासका गरेका हुन्| अनुरुपको नेतृत्व निर्माण इद् पर्वका अवसरमा उत्तरोत्तर प्रगतिको साउन, 'प्रचण्ड' अध्यक्ष +९७७१ +९७७१'

नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेको प्रचण्डले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

‘जनताको यही आशा र भरोसाको सम्मान भनेको विचार अनुरुपको नेतृत्व निर्माण नै हो,’ प्रचण्डले भनेका छन्, ‘यसको पक्षमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्दै बकर इद् पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु ।’

भिडियो हेर्नुहोस्

Posted by क. प्रचण्ड / Comrade Prachanda on Friday, July 31, 2020

फेसबुक प्रतिक्रियाहरु