शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गुल्मीमा पहिरो : ज्यान गुमाएका सबैको पहिचान खुल्यो
दुर्घटना/अपराध

गुल्मीमा पहिरो : ज्यान गुमाएका सबैको पहिचान खुल्यो

बाढीपहिरो

साउन १७,

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका-५, आटीपाटामा पहिरो जाँदा ज्यान गुमाएका चार जनाको पहिचान खुलेको छ। शुक्रबार बेलुकी ९ बजेतिर घरमाथिबाट पहिरो खस्दा एकै घरका चार जनाको मृत्यु भएको थियो।

अन्दाजी ३० वर्षीया बिना माझी, उनका अन्दाजी १० वर्षका छोरा सागर, ७ वर्षका छोरा हेमन्त र अन्दाजी १० महिनाकी छोरी विनीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिएका छन्‌।

स्थानीय र प्रहरी रातभर उद्दारमा जुटेपनि अविरल वर्ष भइरहेकाले समस्या परेको छ।file Photo

फेसबुक प्रतिक्रियाहरु