जुनेली न्युज, काठमाडौँ | पितृसत्ताले पुरुषलाई सम्पत्तिको एकाधिकार सुम्पियो भने महिलालाई संरक्षणको अभिभारा । यस्तो अभिभाराकै चपेटामा दाउमा लगाइयो, सदियौँदेखि महिला स्वतन्त्रता । परिणामस्वरूप पुरुष मालिक बने भने महिला दास । निजी सम्पत्ति र निजी परिवारको स्थापनासँगै सुरु भयो, महिलालाई वस्तुकरण गर्ने सिलसिला । महिलाहरू निजी वस्तु बनेर घरभित्र थन्किन पुगे । सामाजिक, सांस्कृतिक, राजनीतिकलगायत बाहिरी कामकाजबाट अलग्गिएर पुरुषका निजी […]