बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • ”माया मारी गयौ”बजारमा (भिडियाेसहित)
Uncategorized

”माया मारी गयौ”बजारमा (भिडियाेसहित)

गीत

सर्जक बिष्णुकुमार गिरीको शब्द रचना तथा प्रस्तुतिमा आधुनिक गीत ”माया मारी गयौ”बजारमा आएको छ । उक्त गीतमा चर्चित गायक शिशिर योगीको स्वर र बिबी अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ । प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई मिक्सिङ तथा मास्टरिङ्गको काम श्यामस्वेत रसाइलीले गरेका हुन भने कभर भिडियोको सम्पादन अधिनायक मान शेरचनले गरेका हुन ।
बैदेशिक रोजगारिको सिलसिलामा १२ बर्ष अघि जापानमा गएर नेपाली तथा एशियन स्वादको खानाको परिकार पस्किने
रेस्टुरेन्ट ब्यवसाय गरिरहेका गिरीको यो पहिलो गीत हो । ९ बर्ष पहिले रचना गरेको यो गीतले अहिले मात्र स्वर र संगीतबद्ध हुने मौका पाएको उनले बताए।बिदेश गएको ३ बर्ष पुगेपछि
पनि आफु स्वदेशमा फर्किने अवस्था नआएपछी आफ्नो जन्मभुमीलाई पृष्‍ठभुमी बनाएर यो गीत जन्मेको गिरीले बताए।
मायाप्रेमका अलावा सामाजिक, देशभक्ती,सन्देशमुलक तथा वास्तविकता झल्किने गीत गाउन रुचाउने शिशिर योगीको स्वरमा ”यो देशमा म एउटा मानिस खोजी रहेछु “सारंगी त रेटे पनि “आमा “लगायतका थुप्रै गीत चर्चित छन ।संगीतकार बिबी आनुरागिले गिरीको मार्मिक शब्दहरुको भावलाई आफुले निकै मेहनत गरेर न्याय गरेको र अवस्य पनि श्रोताको मन जित्ने दाबी गरे । यो गीत सुत्र टिभि (Sutra tv )युट्युब च्यानल बाट हेर्न सकिनेछ।
शिशिर योगि भन्छन ”माया मारी गयौ “
सयौं डाँडा काटी गयौ ,सात समुद्र पारी गयौ !
शुन्य पारी गाउँ-घर ,तिम्ले माया मारी गयौ !!

फेसबुक प्रतिक्रियाहरु