बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • उमाकुण्डमा दलित महिलामाथि नेकपाका नेताको ज्याजती बाउछोरा लागेर महिलामाथि कुटपिट् : मन्थलीमा उपचार हुदै
समाचार

उमाकुण्डमा दलित महिलामाथि नेकपाका नेताको ज्याजती बाउछोरा लागेर महिलामाथि कुटपिट् : मन्थलीमा उपचार हुदै

दलित महिलामाथि नेकपाका नेताको ज्याजती

साउन १२

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ४ प्रितीमा पालिका सदस्यबाट एक दलित महिला निर्धात कुटिएकि छन् । कुटिनेमा प्रिती साविकको वडा नं ९ की २६ वर्षीय संगिता बिसुके हुन् । उनलाई सोही ठाउँका पालिका सदस्य तथा तत्कालिन् नेकपा एमालेका नेता तथा कार्यकर्ता, नेकपाका नेता अन्दाजि ६०/६१ वर्षीय पदम बहादुर खत्री र उनका छोरा २८ वर्षीय जित बहादुर खत्रीले मरासन्न हुने गरि कुटेको, कुटाईबाट गम्भिर घाइते भई रामेछापको सदरमुकाम मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचाररत पीडित महिलाले रुदै भनिन् ।

उनलाई गत बिहिबार साउन ८ गते कुट्पिट भएको हो । पीडित महिलाको भनाइ अनुसार उनी एक कस्मेटीक पसल संचालन गर्दै आएकी छन् । सोही ठाउँमा पालिका सदस्यको आफन्ता पर्नेको पनि त्यस्तै पसल रहेको र सो पसलमा खासै मानिसहरु नजाने गरे पाइएको कुराहरु सुनिकी थिए सायद मेरो पसल धेरै चलेको रिसले हुन सक्छ ममाथि पुट्पिट् भएको उनले भावुक हुदै जुनेलि न्युजसंग भनिन् । कुट्पिट् हुने दिन आफू पसलमै काम गर्दै भएको र उनका भाइले बाहिरपट्टी बसेर हातताली बजाएको र केहीपर खत्रीकी आफन्ती पर्ने बहिनी रहेको र उसले बहिनीलाई कुट्यो भनि खत्रीले एक्कासी बिसुकेका भाइलाई कुटेका थिए । बाहिर भाइलाई कुट्पिट् भएको देखेर बाहिर आएकी बिसुकेलाई पालिका सदस्यसमेत रहेका खत्रीले त्यस्लाई पनि कुट्-कुट् मरेपनि केही हुनेवाला छैन म उपचारच गर्नेवाला मा छैन् भन्दै मलाई लडाएर घोप्टो पारेर उनका छोराले बाक्सिङै बाक्सिङले, कपाल भूताले, मेरो भाइले मलाई उठाउन खोज्दा मरोस् मरोस् म जेलमा जान्छु भन्दै कुटे आजसम्म टाउको छून सकेको छैन् उनले जुनेलि न्युजसंग भनिन् रुदै रुदै भनिन् । उनको अवस्था तीनदिन पछि केही सुधार भएको उपचारमा संलग्न डाक्टहरुको भनाई छ । डा. सुदर्शनराज थलाका अनुसार उनको सबै रिपोर्ट ठिक आएको छ । आँखामा धेरै समस्या भएकाले रिपोट् काठमाडौं तिल्गंगा आँखा अस्पताल पठाएको र आँखा ठिकै भएको तर डाक्टरहरुको निगरानीमा केही दिन बस्नु पर्ने बताएको रिपोटलाई उद्धत गर्दै उनले भने ।

यता पालिका सदस्यलाई जुनेली न्युजसंग भनिन घटनाको बारेमा बुझ्न खोज्दा यो समाचार तयार पार्दा सम्ममा उनी सम्पर्कमा आउन सकेका छैनन् । उनको हामीलाई उपलब्ध फोन नंम्बरमा हामीसंग सम्पर्क भएको छैन् । उनका छोरा भने सम्पर्कमा आएको र आफूले कुनै पनि महिलालाई कुट्पिट गर्नुहुदैन भन्ने विषयमा जानकार भएको बताउदै आफूबाट त्यस्तो गल्ती नभएको जिकिर गर्छन् । बरु महिलालाई आफूले मोटरसाइकलमा राखेर अस्पताल सम्ममा पुर्याउने काम गरेको भन्दै त्यसको जसपाउने दाउमा उनी छन् । महिलाका भाईसंग केही सानो विषयमा हातहालाहाल हुदा महिला छेउमा आएकाले झुक्किएर कताबाट लागेको होला मैले उनलाई छोएको पनि छैन उनले भने ।

फेसबुक प्रतिक्रियाहरु