शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • दुग्ध उत्पादक किसानहरुले पाए प्रदेशद्वारा अनुदान
समाचार

दुग्ध उत्पादक किसानहरुले पाए प्रदेशद्वारा अनुदान

अनुदान किसानमा छायो खुसी

भगवती न्यौपाने कपिलवस्तु,
साउन १६,
दुग्ध उत्पादक किसानहरुले प्रदेश नं ५ सरकारद्धारा अनुदान प्राप्त गरेका छन् । बाणगङगा दुग्ध उत्पादक सहकारीमा दुध बेच्ने किसानहरुलाई १७ लाख बढी अनु्दान आएको मध्ये १४ गते ३ लाख बढी वितरण गरिएको थियो भने आज शुक्रबार २ लाख ७ सय ९० वितरण गरिएको संस्थाका कर्मचारि टुकलाल भट्टराईले बताउनु भएको छ ।
आज वडा नं ७ र ८को चप्परगाउँ र गंसवामा वितरण गरिएको हो । प्रदेश न. ५ को भुमी ब्यबस्था तथा सहकारी मन्त्रालय अन्तर्गत मत्स्य बिकास निर्देशनालय बुटवल रुपन्देहीले दुध बेच्ने किसानलाई अनुदान स्वरुप दिएको रकम आज एक कार्यक्रमको आयोजना गरी बितरण गरिएको सहकारीले जानकारी दिएको छ ।
सहकारी संस्थामा २०७५ साल साउन १ गतेदेखि २०७६ असार मसान्त सम्मको प्रति लि. रु २ का दरले ११ लाख १७ हजार ५ सय २६ रुपैयाँ र कोभिड विशेष ४० दिनको प्रति लि. औसतमा रु १० का दरले ६ लाख ८० हजार गरि जम्मा रु १७ लाख ९७ हजार ३ सय ८३ मध्ये बुधबार ३ लाख ८४ हजार ६ सय ३६ रुपैँया वडा नं ८ को मोर्मीमा बितरण गरिएको थियो ।
सहकारी संस्थाले अहिले सम्म १७ लाख ९७ हजार ३ सय ७३ मध्ये शुक्रबार सम्म ५ लाख ८५ हजार ४ सय २६ वितरण गरेको छ । अनुदान वितरण कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष विष्णु गिरिले कृषकहरुको पीडा बुझी प्रदेश सरकारले प्रोत्साहन स्वरुप अनुदान दिएकोमा प्रदेश सरकारलाई धन्यवाद दिनुभयो ।
उहाँले कृषिप्रधान देश नेपालमा कृषकहरुको पीर मर्का सरकारले बुझ्दै गएमा राष्ट्र नै समृद्ध हुने बताउनुभएको थियो । यस्तै कार्यक्रममा वडा नं ८ का वडा सदस्य नाथुराम थारु र ७ का मुमबहादुर पाण्डे, राष्ट्रिय दुग्ध विकास सहकारी संस्थाका सदस्य तथा संस्थाका व्यवस्थापक केशव कुवर प्रगति टोल विकास संस्थाका कोषाध्यक्ष देवकला अधिकारि, समाजसेवि थानेश्वर शर्मा, श्रीराम बेल्वासे लगायत बुद्धिजिवि र किसान लगायतको सहभागिताल रहेको थियो ।राधेश्याम न्याैपानेकाे अध्यक्षता बरिष्ट उपाध्यक्ष कृष्ण प्रसाद पौडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सहकारीका सचिव सुर्य प्रसाद भण्डारीले गर्नु भएको थियोे ।

फेसबुक प्रतिक्रियाहरु