शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नवगठित राष्ट्रिय दलित पत्रकार रामेछापको टिमलाई नेपाल सुनचाँदी व्यवसायिसंघ रामेछापको बधाई तथा शुभकामना
रामेछाप बिशेष

नवगठित राष्ट्रिय दलित पत्रकार रामेछापको टिमलाई नेपाल सुनचाँदी व्यवसायिसंघ रामेछापको बधाई तथा शुभकामना

बधाई तथा शुभकामना

साउन १६,

रामेछाप । नवगठित राष्ट्रिय दलित पत्रकार संघलाई नेपाल सुनचाँदी व्यवसायि संघ रामेछापले बधाई तथा शुभकामना प्रदान गरेको छ । संघले शुक्रवार (आज) आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । रामेछापमा राष्ट्रिय दलित पत्रकार संघ गत बिहिबार एक कार्यक्रमका बिच गठन गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै संघका उप-अध्यक्ष कृष्णा लामगादेले आर्थिक रुपमा सवल भएका दलितहरुलाई गर्ने ब्यवाहर र नभएका दलितहरुलाई गर्ने व्यवाहरमा फरक भएको बताएका छन् । उनले जातका आधारमा गर्ने विभेद आर्थिक संग जोडिएको बताए । उनले त्यस्ता विभेद्हरुलाई चिर्नको लागि नवगठित संघले भूमिका खेल्नु पर्ने विश्वास दिलाए । उनले संचारक्षेत्रसंग समन्वय गरेर विभेद्अन्तय गर्न लागि पर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै संघका केन्द्रीय सदस्य आकाश रिजालजे पत्रकार र व्यवसायिबिच नङमासुको सम्बन्ध भएको बताए । उनले पत्रकाहरुलाई समाजका घट्ने अपराधिक घटनालाई तोड्मोड नगरि बहिर ल्याउन भने ।

त्यस्तै राष्ट्रिय दलित पत्रकार संघका बागमती प्रदेश सदस्य गम्भिर बि.कले ब्यवसायिहरु र पत्रकाहरु एकढिक्का भएर अघि बढनु पर्ने समय आएको उल्लेख गरे ।

संघका नवनियुक्त अध्यक्ष लेख बहादुर बि.कले सबैको सुझावहरुलाई सम्मान गरेर आगामी दिनमा जिल्लाको पत्रकारीता क्षेत्र र जातिय हिंसाको विरुद्ध एक भएर हिड्नको लागि जिल्लाका सबै दलित संघसंस्थाहरुसंग समन्वय गरेर लागि पर्ने बताए ।file photo

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु