जुनेली न्युज,
काठमाडौँ | पितृसत्ताले पुरुषलाई सम्पत्तिको एकाधिकार सुम्पियो भने महिलालाई संरक्षणको अभिभारा । यस्तो अभिभाराकै चपेटामा दाउमा लगाइयो, सदियौँदेखि महिला स्वतन्त्रता । परिणामस्वरूप पुरुष मालिक बने भने महिला दास । निजी सम्पत्ति र निजी परिवारको स्थापनासँगै सुरु भयो, महिलालाई वस्तुकरण गर्ने सिलसिला । महिलाहरू निजी वस्तु बनेर घरभित्र थन्किन पुगे । सामाजिक, सांस्कृतिक, राजनीतिकलगायत बाहिरी कामकाजबाट अलग्गिएर पुरुषका निजी सम्पत्ति बनेर घरभित्र मात्र सीमित हुन पुगे ।
अस्तित्व कि अभिशाप ?
महिला अर्थात् योनिधारी प्राणी । जसभित्र पाठेघरजस्तो अत्यन्तै विशिष्ट अङ्ग रहेको हुन्छ । त्यही विशिष्ट अङ्गका कारण महिलालाई सृष्टिकर्ता पनि भन्ने गरिन्छ । पाठेघरकै कारण महिलाहरू आमा बन्नेजस्तो असीम सुखानुभूतिको क्षणबाट गुज्रिने अवसर प्राप्त गर्दछन् । तर, अर्को पाटो, महिला शरीरमा निहित यिनै र यस्तै अङ्गहरूका कारण महिलालाई केवल सन्तान उत्पादनको साधनमा सीमित गरिएको छ । जमिन अर्थात् खेतीजस्ता उब्जनीका भौतिक वस्तुहरूसँग दाँज्ने गरिएको छ । बाहिरी कामकाजबाट अलग्याएर घरभित्र ‘बच्चा जन्माउने मेसिन’को रूपमा प्रयोग गरिएको छ ।
पुरुष भक्षकहरूका विरुद्ध पुरुष नै रक्षक बनेर सदैव महिलाको अघिल्तिर खडा हुनुपर्ने ? समाजमा यो कस्तो थिति ? कस्तो बाध्यता ?
विलासिताका साधन र पुरुषको सेवक भनिएको छ । स्तनधारी प्राणी भएका कारण बच्चा हुर्काउने अभिभारा स्वतः महिलामाथि आउने नै भयो । तर, विडम्बना त यो छ कि तिनै महिला, जसले आफ्नो सन्तानलाई नौ महिना गर्भाशयमा राखेर आफ्नो योनिद्वारा जन्म दिन्छिन्, आफ्ना स्तनहरू चुसाएर हुर्काउँछिन्; ती एक महिला, जो सम्पूर्ण मानवको निर्माण गर्छिन्, तिनैले जन्माएर हुर्काएको त्यही बालक (पुरुष) भविष्यमा गएर अर्की स्त्रीको शारीरिक अङ्गमाथि धावा बोल्न थाल्दछ । आफ्नो विकृत मानसिकताको नङ्ग्रा गाड्न थाल्दछ । आखिर के हो, यसको जडतत्व ? यो कस्तो समाज हो, जसले बलात्कारीहरूको उत्पादन गर्छ र महिलाका विरुद्ध प्रयोग गर्छ ? स्त्रीबाटै जन्म लिएर हुर्किने एउटा सामान्य बालक बिस्तारै क्रूर र हिंस्रक कसरी बन्छ ? एउटा व्यक्ति बलात्कारी हुनुको पछाडि के र कस्तो परिवेशले, कहाँ, कसरी भूमिका खेलेको हुन्छ ?
जब कुनै महिला आफ्नै यौनाङ्गहरूकै कारण घरघरमा हिंसा झेल्नुपर्ने अवस्थाबाट गुज्रिन्छिन् या घरबाहिर कामुक दृष्टिहरूको सिकार बन्छिन्, अपमानित हुन्छिन्, बलात्कृत हुन्छिन् तब कति महिलालाई आफ्नै शरीरका अङ्गहरूप्रति खेद प्रकट हुँदो हो, वितृष्णा पैदा हुँदो हो, योनिधारी हुनुमा आक्रोश पैदा हुँदो हो वा हीनताबोध हुँदो हो ! त्यहाँ पक्कै सवाल उठ्दो हो, योनि अस्तित्व हो कि अभिशाप ?
यौनाङ्गमाथिको अङ्कुश
हामी यस्तो समाजमा बाँचिरहेका छौँ, जहाँ महिलाहरू जन्मेदेखि नै स्वतन्त्र छैनन् । आमाको काखबाट निस्किनेबित्तिकै दाजु वा पितालाई उनीहरूको सुरक्षाको जिम्मेवारी सुम्पिइन्छ । छोरीहरूलाई यति कमजोर ‘जिनिस’ र असक्षम ‘वस्तु’ बनाएर प्रस्तुत गरिन्छ कि आत्मरक्षाको निम्ति पनि उनीहरू सक्षम नै हुँदैनन् भन्ने कुरा मानसिक रूपमा उनीहरूको दिमागमा घुसाइन्छ ।
चोकचोकमा महिला अङ्गहरूमाथि गिद्देदृष्टि लगाउने कुरुप आँखाहरू उपस्थित हुन्छन् । हुर्किँदै गर्दा जब घरबाहिर उनीहरूमाथि दुव्र्यवहार सुरु हुन्छ, आत्मरक्षाको निम्ति प्रतिरोधमा उत्रिनुको साटो दाजुभाइ वा पितासँग गुहार माग्न पुग्छन् । पुरुष भक्षकहरूका विरुद्ध पुरुष नै रक्षक बनेर सदैव महिलाको अघिल्तिर खडा हुनुपर्ने ? समाजको यो कस्तो थिति ? कस्तो बाध्याता ?
जब छोरीहरू युवा अवस्थामा प्रवेश गर्छन्, कुनै अपरिचित पुरुषलाई उनीहरूको अभिभारा हस्तान्तरण गरिन्छ । मानौँ, कोही पत्नीको नाममा खरिद गरी एकलौटी अधिकार प्राप्त गर्दछ । पितादेखि पतिको घरसम्म महिलाहरू सदैव खुम्चिएर बाँच्न बाध्य हुन्छन् । श्रमदेखि लिएर महिला अङ्गहरूमाथि समेत पुरुषको एकलौटी हैकम चल्छ । ‘तँ मेरी होस्, तेरा हरेक अङ्गहरू मेरा हुन्, जहाँ कसैले छुने र हेर्ने अधिकार छैन’ भन्नेजस्ता अत्यन्तै सङ्कुचित उद्गारहरू व्यक्त गर्दै मानसिक रूपमै महिलाका सोच, इच्छा, आकाङ्क्षादेखि हरेक अङ्गहरूमा पुरुषले आधिपत्य जमाउन थाल्छ । निरङ्कुशता लादेर क्रूर व्यवहार गरी पतिको नाममा मनपरी शासन गर्ने जल्लाद मानवहरूको कमी छैन, समाजमा ।
केही समयअघि महिलाको योनिलाई लिएर संस्कृतिको नाममा भारतको राजस्थान प्रान्तबाट ‘चेस्टिटी बेल्ट’को तथ्य खुलासा भएको थियो । स्त्रीले विवाहइतर सम्बन्ध राख्न नसकुन् भनेर पतिद्वारा कपडा, फलाम, तामा, पित्तल आदिबाट निर्मित बेल्ट महिलाको गुप्ताङ्गमा लगाइदिने र उक्त बेल्टको साँचो श्रीमान्ले आफूसँग राख्ने प्रचलन अझै पनि अरबी मुलुकहरूमा भेटिन
फेसबुक प्रतिक्रियाहरु