शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • व्हिल चियर प्रदान गरि अपांगताको साहारा बन्दै गोकर्नेश्वोर नगरपालिका र एन.आर.एस.डी
समाचार

व्हिल चियर प्रदान गरि अपांगताको साहारा बन्दै गोकर्नेश्वोर नगरपालिका र एन.आर.एस.डी

काठमाडौं, असार २०।  शारीरिक रुपमा हिँडडुल गर्न नसक्ने अपांगता भएका ३२ जना ब्यक्तिहरुलाइ गोकर्नेश्वोर नगरपालिकामा  व्हिल चियर वितरण गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरुको नाप लिएर सोहि अनुसारको  ह्वील चियर  शुक्रबार नगरपालिका प्रांगणमा एक कार्यक्रमका गरि नगर  प्रमुख सन्तोष चालिसेले व्हिल चियर वितरण गरेका हुन् ।

राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज नेपालले गोकर्णेश्वर नगरपालिका सगं समन्वय गरि नगरपालिका मार्फत आधुनिक व्हिल चियर वितरण गरिएको थियो ।सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे,  प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं ६ का इकाई सभापति भुवन लामा, नेपाल तरुण दल महाधिवेशन प्रतिनिधि श्रीराम चालिसे,  ,राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज नेपालका सुगम भट्टराई लगायतको उपस्थितिसो कार्यक्रममा रहेको थियो |

 

कार्यक्रम  संयोजकको  रुपमा   रहेका नेपाल तरुण दल महाधिवेशन प्रतिनिधि श्रीराम चालिसले काठमाडौं क्षेत्र नं ३ भित्र रहेका शारीरिक रुपमा अपांगता भएका ब्यक्तिहरुलाई व्हिल चियर वितरण गर्ने योजना अनुसार गोकर्णेश्वर नगरपालिकामा आधुनिक व्हिल चियर वितरण गरिएको बताए।

 

फेसबुक प्रतिक्रियाहरु