बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर नगरपालिकाका महिला समुहद्वारा सामुदायिक वन बिपी बाटिकामा वृक्षारोपण
समाचार

गोकर्नेश्वोर नगरपालिकाका महिला समुहद्वारा सामुदायिक वन बिपी बाटिकामा वृक्षारोपण

असार १७,

काठमाडौँ |   सक्षम महिला समूह र शंखडोल प्रगतिशील महिला समुहको संयुक्त आयोजनामा  गोकर्नेश्वोर नगरपालिकाको राष्ट्रिय शहिद पार्क सामुदायिक वन बिपी  बाटिकामा वृक्षारोपण कार्यक्रम गरिएको छ  | बर्षादको समयमा रोपिएको बिरुवाले हिउँदाको समयमा पनि  बातावरण हराभरा होस् भन्ने  उदेश्य लिएर वृक्षारोपण गरिएको महिला समुहकी सल्लाहकार सत्य भामा श्रेष्ठले बताएकी हुन् |

दुवै महिला समूह गोकर्नेश्वोर नगरपालिका वडा नं ९ मा अबस्थित रहेका छन् |

सो कार्यक्रममा नगरपालिकाका उप मेयर शान्ति नेपाल, नगरपालिकाकै प्रमुख सल्लाहकार दिपक रिसाल, वडा नं ९ का वडा अध्यक्ष राजिप थापा, उक्त सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो |

दुवै समुहका गरि करिब सय जना महिलाहरुको उपस्थित रहेको थियो भने विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको थियो |

फेसबुक प्रतिक्रियाहरु