शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४ हजार नाघ्यो
समाचार

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४ हजार नाघ्यो

२७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ

तथ्यांकमा काेराेना – नेपाल

पीसीआर१०६३३१
आरडीटी१६६१५८
आइसोलेसनमा३४८७
संक्रमित४०८५
निको भएको५८४
मृत्यु१५
क्वारेन्टिनमा१७०७३२

अपडेटः २०७७ जेठ २५ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

कोरोना संक्रमणबाट थप एकको मृत्यु

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा उपचारत ६८ वर्षीय पुरूषको मंथलबार विहान निधन भएको हो ।

भरतपुर महानगरपालिका वडा नं. ११ कोलटाँडीका उनलाई सुगर, प्रेसर र मुटुसम्बन्धी रोग थियो । स्वास्थ्यमा समस्या भएपछि पाँच दिनअघि अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो ।

उनलाई कोभिडको ‘लेभल १’ उपचार गर्ने भरतपुर अस्पतालमा सोमबार साँझ सारिएको थियो चजे उपचारको क्रममा मंगलबार विहान ७ बजेर ६ मिनेटमा मृत्यु भयो ।

कहाँ कहा थपिए संक्रमित ?

मन्त्रालयकाअनुसार सबैभन्दा धेरै महात्तेरीमा ५० जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १७ र नवलपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सल्यान, नवलपरासी र सिराहामा १२/१२, बाग्लुङमा ११, कपिलवस्तु र दार्चुला १०/१०, बाँके ९, डडेलधुरा र सप्तरीमा ७/७, दाङ ६, सुर्खेत ४, मोरङ ३ र जुम्ला र नुवाकोट २/२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

इलाम, सुनसरी, धादिङ, म्याग्दी र कैलालीमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या संख्या चार हजार ८५ पुगेको छ । उनीहरुमध्ये १५ जनाको मृत्यु भएको छ भने ५८४ जना डिस्चार्ज भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु