बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रगत चल्ने, पानी नचल्ने भन्दै जातिय विभेद विरूद्ध रक्तदान कार्यक्रम, बिजय घिमिरे संस्था नेपाल
समाचार

रगत चल्ने, पानी नचल्ने भन्दै जातिय विभेद विरूद्ध रक्तदान कार्यक्रम, बिजय घिमिरे संस्था नेपाल

जुनेली न्युज, काठमाडौँ |

कोरोनाको महामारीको बेला रुकुममा  जातीय  प्रेमको निहुमा सामुहिक हत्याको बिरोध गर्दै दलित सामुदयाका प्रथम सगरमाथा आरोही बिजय घिमिरे बिश्वोकर्मा संस्था नेपालले पानी नचल्ने देशमा दलितको रगत चाहि चल्छ भन्ने संदेश दिन मिति २०७७ जेठ २७ गते काठमाडौँको चाबहिल चोकमा रक्तदान कार्यक्रम गरेको छ |

No description available.

‘रूकुम घटनाकाे निष्पक्ष छानबिन गरी पिडितलाइ न्याय र दाेषाीलाइ कारवाही गर श्रम चल्छ, सीप चल्छ, रगत चल्छ, पानी नचल्ने भाे, यसकाे विरूद्धमा एकजुट भएर सो कार्यक्रम गरिएको हो ।  नेपाल रेडक्रस साेसाइटी, केन्द्रिय रक्तसंचार बिभागसँगकाे सहकार्यमा संचालित उक्त कार्यक्रमलाइ सामाजिक न्यायकाे लागि जनआवाज र जयनेपाल सामाजिक युवा संस्थाले साथ दिएका थिए ।

No description available.

जातिय विभेद विरूद्धकाे बिराेध शैली नयाँ भएकाेले उपस्थित धेरै ब्यक्तिले आयाेजकलाइ स्याबासी दिएका थिए । चाबहिलमा संचालित उक्त रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका थिए । काेराेनाकाे त्रास र लकडाउनकाे कारण दाताकाे अपेक्षाकृत कम उपस्थिति भए पनि याे रक्तदानले बिभिन्न कारण ज्यान जाेखिममा रहेका ब्यक्तिलाइ बचाउँन सकिन कुरा केन्द्रिय रक्तसंचारका निर्देशक डा. मनिता राजकर्णिकारले बताउँनु भयाे । 

No description available.

रुकुम घटनाको न्यायको लागि हामीले आन्दोलन गर्यौ अझै आन्दोलन जारि छ र अन्य दलित संग सम्बन्धित संघ संस्थाहरुले यस्तो फरक खालको कार्यक्रमको प्रसंशा गर्दै पूर्ण रुपमा साथ रहेको नेपाल दलित बिधार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारले बताए |

No description available.

“हामीले धेरै रगत संकलन गर्नु भन्दा पनि  मान्छे मान्छे बराबर हुन् रगत चल्दा केहि नहुने तर पानि नचलाई जातीय विभेद गर्नेलाई   संदेश दिन सो कार्यक्रम गरेको हो “, संस्थाका संस्थापक बिजय घिमिरे बिश्वोकर्माले बताए |

“समाज परिबर्तन गर्न र जातीय छुवाछुत  विभेद बिरुद्ध निरन्तर लागि पर्ने”, संस्थाका अध्यक्ष राजन बिश्वोकर्मा को भनाइ छ |

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

फेसबुक प्रतिक्रियाहरु