शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कोरोनाले चितवनमा १ को मृत्यु, मृतकको संख्या १५ पुग्यो
समाचार

कोरोनाले चितवनमा १ को मृत्यु, मृतकको संख्या १५ पुग्यो

काठमाडौँ — कोरोनाले थप एकको मृत्यु भएको छ । चितवन भरतपुर नगरपालिका–११ का एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै मृत्यु हुनेको संख्या १५ पुगेको बताए । मन्त्रालयका अनुसार उनी ज्वरो, निमोनिया र सुगरको बिरामी थिए।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक, कैलालीका एक, डोल्पाका एक, स्याङ्जाका एक र यो गरी १५ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु