शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देउवालाई परम आदरणीय सभापति भन्ने को ?
समाचार

देउवालाई परम आदरणीय सभापति भन्ने को ?

काठमाडौ । नेपाली कांग्रेस नुवाकोटका सचिव सुरेन्द्रराज अधिकारीले पार्टी सभापति शेरबहादुर देउवालाई परम आदरणीय सभापति भनेर सम्वोधन गरेका छन् । बिदुर नगरपालिका ९ मा लकडाउनमा बसेका उनले सभापति देउवाले राष्टियताको पक्षमा देखाएको अडान सही भएको र उनको नेतृत्वले केही महत्वपूर्ण काम गरेको टिप्पणी गरेका छन् ।
देउवालाई पत्र लेख्दै उनले भारतले एकलौटी ढंगले नेपालको सीमा अतिक्रमण गरेको विरुद्धमा चालेको कदम पनि सही भएको निश्कर्ष निकालेका छन् । सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो नक्सामा पारेपछि गरिएको संविधान संशोधनम प्रस्तावमा कांग्रेस सांसद एकमत हुनु सकारात्मक भएको भन्दै उनले त्यसका लागि देउवाप्रति आभार व्यक्त गरेका छन् । उनले कांग्रेसका केही सांसदहरुले तराई मधेश केन्द्रित दलहरुले उठाउँदै आएका मुद्धालाई संविधान संशोधनका क्रममा उठाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । सचिव अधिकारीले तत्काल ती सांसदले संविधान संशोधनका लागि राखिएको प्रस्ताव फिर्ता लिनुपर्ने माग गरेका छन् । संविधान संशोधनको यो प्रस्ताव फिर्ता लिएमा देश, लोकतन्त्र र कांग्रेसलाई नै फाइदा पुग्ने उनको बुझाई छ । उनले परम आदरणीय सभापति भनेर फेरि दोहोर्याएका छन् ।
अधिकारीले सभापति देउवाले राष्ट र राष्टियताको विषयमा पार्टीका सांसदलाई एकमत बनाएको पनि स्पष्ट पारेका छन् ।

फेसबुक प्रतिक्रियाहरु