बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रेमको उपहार मृत्यु, न्याय पाउन राजनीति, पावर अनि पैसा नै चाहिने ? -देवी सापकोटा
साहित्य

प्रेमको उपहार मृत्यु, न्याय पाउन राजनीति, पावर अनि पैसा नै चाहिने ? -देवी सापकोटा

प्रेमको उपहार  मृत्यु

कस्तो घटना घट्यो यो विश्व महामारीमा

तड्पाई तड्पाई मारेर फालियो भेरी नदीमा !

अन्तरजातीय प्रेमले प्रेमी र साथीहरुको ज्यान गयो

आजको युगमा नि यस्तो घटनाले देशलाई शोकाकुल बनायो !

 

संविधानको पानामा छुवाछुत हटेपनि, व्यवहारमा हटेन

हे स्वार्थीहरु हो, श्रम र सिपचाहिँ चल्ने, पानी नचल्ने किन ?

कामका आधारमा छुटाईएको जातमा के छ र ? कस्तो अहम पाल्छौ ?

गिरेको घटिया सोच, मानवाबीचको भेदभावले अझै कतिको ज्यान ढाल्छौ ?

 

संसारको उत्कृस्ट आभास हो प्रेम, माया गर्न हरेकलाई अधिकार छ

मुखले ठिक्क पार्ने स्वार्थी यो समाज र आफन्तलाई धिक्कार छ !

औकात, जात, इज्जत र सम्पति हेरेर माया लाउनुपर्ने

एउटालाई न्याय दिलाउन सिंगो नेपालनै अड्डाअदालत धाउनुपर्ने !!

 

परिवर्तन ल्याउनु छ भने आफु परिवार समाज हुदै देशसम्म पुग

न्याय पाउन राजनीति, पावर अनि बिरोधनै चाहिने यो कस्तो कलियुग !

प्रस्न मेरो सबैलाई, के सक्छौ तिमि स्वतन्त्र भइ एकले अर्काको जात भित्राउन ?

त्यसपछी मात्र सफल हुन्छौ तिमि अर्को नवराज ननिम्तौन !

 

अझैपनि निडर भइ जातले फरक पार्छ भन्छौ भने

म जस्तो हजारौंको निस्वार्थ प्रेमले आफ्नो अन्त्यको दिन गने !

सृष्टि उनकै तर पनि भगवानको कुनै जात हुँदैन

अन्तत: ( मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन ) २ !!

फेसबुक प्रतिक्रियाहरु