शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • रुकुमको जातिय घटनालाई लिएर माइतीघर मण्डलामा बिरोध, पूर्व मन्त्रि देखि संसद सम्मको उपस्थिति
समाचार

रुकुमको जातिय घटनालाई लिएर माइतीघर मण्डलामा बिरोध, पूर्व मन्त्रि देखि संसद सम्मको उपस्थिति

जुनेली न्युज 
काठमाडौँ |  नेपालि काँग्रेसको भातृ संगठनहरु नेपाल दलित संघ र नेपाल  बिद्यार्थी संघको आयोजनामा रुकुममा भएको जातिय घटनालाई लिएर काठमाडौँको माइतीघर मण्डलामा बिरोध कार्यक्रम भएको थियो ।
No description available.
गत जेठ १० गते शनिबार नबराज विक साथीहरुसंग सुस्मा मल्ल ठकुरीलाई बिहे गर्ने उद्देश्यका साथ लिन गएका थिए । दलित भन्दै केटि पक्षका गाउलेहरुले घेरा हाली लखेटेका थिए । त्यसै क्रममा नबराज विक लगाएत ५ जनाको सब फेला परिसकेको छ भने १ जना अझै बेपत्ता छन् ।
No description available.
अहिले यो बिषय धेरै चर्चा रहेको बेला काठमाडौँबाट  बिरोध सभा गरिएको छ । मृतकका परिवारलाई आबस्यक क्षेती पुर्ती दिलाई हत्यामा संलग्न सबैलाई कडा भन्दा कडा कारबाही गर्न जोडदार माग गरेको छ ।
No description available.
उक्त कार्यक्रममा नेपाल दलित संघका अध्यक्ष तथा पूर्व मन्त्रि माननीय मीन बिश्वोकर्मा, पूर्व मन्त्रि राजिब बिक्रम शाही, माननीय संसाद प्रकाश रसाइली स्नेही, माननीय  संसद जिवन परिया नेपाल बिधार्थी संघका महामन्त्री,  नेपाल दलित संघका सचिब दिपक सोनी, नेपाल दलित बिधार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार, दलित अधिकार कर्मी त्रिलाेकचन्द बिश्वकर्मा, दलित संग सम्बन्धित संघ संस्थाहरु, दलित अधिकारकर्मी लगायतका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो |
No description available.
No description available.
No description available.
No description available.

फेसबुक प्रतिक्रियाहरु