बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • भक्तपुरकी कोरोना संक्रमित महिला नगर सदस्य भएको पुष्टि
समाचार

भक्तपुरकी कोरोना संक्रमित महिला नगर सदस्य भएको पुष्टि

जुनेली न्युज,

काठमाडौँ | शुक्रबार पुष्टि भएकी भक्तपुरकी कोरोना संक्रमित महिला नगरपालिकाकी सदस्य रहेको खुलेको छ। ४२ वर्षीया ती महिला नगर सदस्य रहेकी भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले जानकारी दिए।

उनले संक्रमितलाई भोलि अस्पताल पठाइने बताए। अहिले ती महिला आफ्नै घरमा छन्। मेयर प्रजापतिका अनुसार महिला मुटुको बिरामी पनि हुन्।

नगर सदस्य रहेकाले उनी राहत वितरण कार्यमा पनि खटिएको हुनसक्ने भन्दै थप विवरण लिने काम भइरहेको छ। साथै नगरका सदस्यहरू पनि सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सबैको विवरण लिएर परीक्षण गरिने मेयर प्रजापतिले बताए।

संक्रमित महिला नगरपालिका-९ की वासिन्दा हुन्। शुक्रबार साँझ उनीसँगै ९ जना संक्रमित थपिएका थिए।

फेसबुक प्रतिक्रियाहरु