शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • लिपुलेकसंग नेपालको राजनिति -एल.पी. बुढाथोकी
राजनीति

लिपुलेकसंग नेपालको राजनिति -एल.पी. बुढाथोकी

नेपालको राजनीतिमा अब बुढो बाघको छाला मात्र बाँकी छ । भनिन्छ नि केटा केटी तर्साउन प¥यो भने बाघको गर्जन सुनाइन्छ । यस्तो लाचारी राजनितिको नाटकिय समिकरण देख्दा पनि प्रतिपक्ष र हामी शान्ति पृथ नेपाली चुप लागेर बसेका छौँ । नेकपाको बाघरुपी छाला ओडेका नेकपाका पात्रहरु लाई नै पार्टीका सिद्धान्त र गोपनियता थाहा छैन कि के हो ? भिम रावल यो भन्दा पर र विशुद्ध कहाँ छन् । सरकारको नेतृत्व देखि नेकपाको टिका लगाएका शक्तिशाली व्यक्ति हुन भन्ने सुनिन्छ ।

 

यो फेसबुकको वालमा हो कि सत्य हो, विश्वास गर्न सकिन्न । आफै पश्चिमाञ्चल इन्चार्ज र सरकारको मन्त्रि भएका बेलामा के हेरे त खोई ? अनि आफू पार्टी भित्रको शक्तिशाली नेता हुँदा हुदै किन अन्तिम विकल्प राजा सहितको सरकार भन्नु प¥र्याे ? यसको तात्पर्य त राजा तर्फ जान पाए प्रम हुने हो । कि त नेकपामा राम्रो स्थान नपाउनु । देशको बागडोर आफ्नै पार्टीसँग छ अनि साम,दाम, दन्ड, भेद सबै प्रयोग गरी यर्थात सत्य पत्ता लगाउने समार्थ छ अनि किन मिडियामा आफ्नै पार्टीको भण्डाफोर गर्नु भ¥यो । पार्टी र अध्यक्ष कसले बनायो ? छि हामी जनतालाई घिन लाग्न थाल्यो तपाईहरुको क्रियाकलाप प्रति । इश्वर पोखरेल ज्यू को फेसबुक स्टाटसमा पनि देख्न सकिन्छ कि भिम रावलको बक्तव्य प्रति प्रहार र पार्टीको बचाउ । यसको सत्य तथ्य पोखरेल ज्यू ले पनि दिएको भए देशको सच्चा देश भक्त हुने मौका थियो । अब हामी जनता–नेकपा, प्रतिपक्ष र अन्य जुकाको मुख जस्ता रगरगाएका पार्टीहरु सँग प्रश्न गर्न चाहान्छौँ यथार्त के हो ?

राणाकालिन समय देखि नै नेपालको सिमा अतिक्रमण भने नभएको होइन । हरेक सरकारको पालामा यो विषय राजनितिक परिवर्तन सँग जोड्ने गरिन्छ । यसको दिर्घकालिन समाधान के हो ? माधव नेपालको मन्तव्यमा काडेतार अन्तिम सामाधान भन्नु हुन्छ तर तपाईको कार्यकालमा के बाधक थियो कुर्सी कि ? तपाईको दुर दृष्टि ? वर्षदिन सम्म कानमा तेल हाल्ने अनि जब मिडियामा हल्ला चल्छ अनि अकेकौ बाद प्रतिबाद र आफ्नै पार्टीको नेतामा तछाड र मछाड ? के नेकपाको पार्टीगत अनुशासन मा यिनै कुरा पर्छन् ?

तपाई संसदिय सदस्य ६०१ जना यदि यो विषयमा यसको रोष्टममा एकै आवाजको ताली बजाउन तयार हुने हो भने कानुन त के अन्तराष्ट्रिय अदालत पनि शिर निहु¥याउन तयार हुनु पर्छ । रोटी र बेटीको नाता जोडेको नेपाल भारतको झगडा घरघरमा दाजु भाईको झगडा मात्र हो । कि सौतेनि आमाको प्रपन्नज । गणतान्त्रिक राज्यको अभ्यास गर्ने सबै नेता र प्रधानमन्त्रीका कुशलता र दक्षता हामी ३ करोड नेपालीले देखि सक्यौ लाग्छ अब यिनीहरुको अन्तेष्टी पक्का छ ।

प्रकृति प्रकोपमा विश्व आक्रान्त भएको बेला सरकारको क्रियाकलाप अनि भुमिका बाँसी भात भै सक्यो । न खाउँ त भोको पेट छ । खाँउ त पखाला लाग्ने डर । हे नेता हो पार्टीको मर्यादा अनुशासन र जनताले दिएको अधिकारको दुरुपयोग त नगर हौँ ।।। के तपाई नेताहरुलाई लाग्छ फेरि बाघको छाला ओडी जनता सामु आउन सक्छु । होइन नसोचे हुन्छ अव जनताले पनि छेप्यास्त्र तयार गर्दैछन् भनेको सुनेको छु सजग हुनु होला । लिपुलेक त के नेपाल आमाको सबै शरिर गिद्धले मासु लुछे जस्तो नलुछिएको छैन । युवा नेता राजेन्द्र लिदंने झापा सिमाको बारेमा कराउदा कराउदा घाँटी नसुकेका होईन । यस्ता नेताको आवश्यकता सबै पार्टीमा छ । ज्ञानेन्द्र शाही, रबि लामिछाने जस्ता युवा नेताको खाजे नेपाल आमाले गरेकै हुन तर के गर्नु गल्ति यिनिहरुले गरे नेपालमा पार्टी खोलेका छैनन् । नेता, प्रम बन्न राजनितिक पार्टी नै चाहिन्छ । जनताको मत र समर्थन त तपाईहरुसँग नभएको होइन घटना क्रमले देखाएको ताजा स्मरण सबैसामु जिवित छ । कोरोना तत्कालिन समस्या हो भने लिपुलेक दृर्घकालिन समस्या । राजनैतिक समझदारी र एकता नै यसको सामाधान हो ।

एक अर्काको आरोप प्रत्यारोप भन्दा पनि एक रोष्टममा बसेर एक एक विषयमा छलफल र निष्र्कष कानुन मुताविक गरे राम्रो हुन्छ । यस बाट पनि सामाधान नभए जनताको जनमत तपाईहरु सामु तयार अवस्थामा छ । राज्यको सुरक्षा र बिकासको निम्ती पनि । हाम्रो पार्टीगत इतिहास र अभ्यास–आरोप प्रत्यारोपमा समय बर्वाद नगर्दा राम्रो होला । दुर दृष्टि हुनु प¥यो । आफु मिडियामा हिरो त केहि समय हुन सकिएला तर जनतामा निराशा र प्रतिरोध उत्पन्न हुन्छ । आजको आवश्यकता भनेको अनुशासित राज्य, भ्रष्ट्रचार मुक्त राज्य, बिकासोन्मुख अवधारणाको राज्य र जनता द्वारा सम्मानित मत को राज्य हो नकि अन्तरद्वन्द । नेपाल रहे नेपाली रहन्छौँ अन्यथा भन्न सकिन्न ।।।

फेसबुक प्रतिक्रियाहरु