बैशाख १७
काठमाडौँ | गोकर्नेश्वोर नगरपालिका वडा नं ८ माकालबारीमा अबस्थित मुक्तिनाथ महिला समुहले गरिब, मजदुर तथा बिपन्न बर्गहरुलाइ राहात वितरण गरेको छ | सुत्केरि महिला सहित ११ जनालाई आज राहत स्वरूप खाधान्न वितरण गरेको हो | २ जना सुत्केरी महिलालाई राहत सहित केहि रकम पनि प्रदान गरिएको थियो | महिला समुहकै दिदीबहिनीहरु मिलेर रकम संकलन गरेर राहात वितरण गरिएको थियो |
कोरोना भाइरसको कारण सरकारले लक् डाउन गरे संगै मजदुर र बिपन्न बर्गलाई समस्या परेको हुदा उनीहरुलाइ केहि हद सम्म सहयोग होस् भनेर राहत वितरण गरेको महिला समुहकी अध्यक्ष बिमला श्रेष्ठले बताउनु भएको हो | राहातको लागि मुक्तिनाथ महिला समुहका प्रमुख सल्लाहाकार तथा समाजसेवी राजु सुनारको बिशेष सहयोग रहेको थियो |
राहातमा चामल १५ केजी, दाल १ केजी, नुन १ पोका, तेल १ लिटर, मसौरा १ पोका, चाउचाउ २ ओटा, आलु १ केजी र सुत्केरीलाइ राहत सहित रु .७०० /- भटमास , राज्मा, बोडी , चना , चिनी , चिया पत्ती दिएको थियो |
फेसबुक प्रतिक्रियाहरु