८ बैशाख,
काठमाडौँ | बिश्वोव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामको लागि गोकर्नेश्वोर नगरपालिकाले ३ वटा आस्पतालमा उपचार हुने ब्यबस्था गरेको छ | जसमा नेपालम मेडिकल कलेज अत्तरखेल, शंखारापुर हस्पिटल नारायणटार र खांग्री हस्पिटल जोरपाटी संग समन्वयन गरेर उपचार गर्ने भएको छ |
साथै अत्यावाश्यक सेवाको लागि २ वटा एम्बुलेन्स निशुल्क रुपमा संचालन गरेर नगरपालिका भित्र बसोबास गर्ने जनताहरुलाई सेवा दिने समेत व्याबस्था गरेको छ |
कोहि व्यक्तिलाई कोरोना भाइरस संखा लागेमा नगरपालिकामा वा सम्बन्धित निकायामा सम्पर्क गरेर उपचार गर्न सकिने त्यस्को लागि गोकर्नेश्वोर नगरपालिका २४ सै घण्टा सहयोग गर्न तयार छौ , नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले बताउनु भएको हो |
फेसबुक प्रतिक्रियाहरु