शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राहत वितरणमा वडा अध्यक्ष नारायण सुवेदीको सक्रिय भूमिका
समाचार

राहत वितरणमा वडा अध्यक्ष नारायण सुवेदीको सक्रिय भूमिका

बैशाख ८,

काठमाडौँ | कोरोना भाइरस नियन्त्रणमा लागि रहेका  जनप्रतिनिधि मध्ये एक सक्रिय जनप्रतिनिधि हुन्  गोकर्णेश्वर नगरपालिका  नगरपालिका वडा नं  ५ का  वडा अध्यक्ष नारायण बहादुर सुवेदी  ।

राहत वितरण ,अभिलेख संकलन ,स्वास्थ्य जांच संग संगै सुवेदीले  नगरवासी जनतालाई आपतकालीन उद्दार,स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आएका छन। त्यस संग संगै वडावासीको सहज जीवनयापनका लागि स्वास्थ्य संवेदनशीलता बुझ्दै उनि दिन रात नभनी खटिरहेको छन ।

विदेश बाट भर्खरै फर्किएका हरुको अभिलेख तयार गर्ने देखि  लिएर उनीहरुको कोरोना परिक्षणको लागि सम्म समन्वयकारी भूमिका खेलेका सुवेदीले हाल वडाका केहि सक्रिय युवाहरुले दैनिक ज्याला गरि खाने श्रमिकहरुको लागि  निशुल्क खाना खुवाउने अभियानमा दरिलो अविभावकत्व प्रदान गरेका छन।

कोरोना संक्रमण न्यूनीकरणको लागि किटनाशक औषधी छर्कने कार्यमा होस् या सामाजिक दुरी कायम गर्दै पसल खुलाउन र हात धुने व्यवस्थापनको लागि आफै अग्रसर भएका उनले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले आह्वान गरेको लकडाउनका क्रममा सुरक्षार्थ खटिएका प्रहरीले उपयोग गर्न पाउने गरी खाजा तथा पानी समेत उपलब्ध गराउदै आएका छन।  नयाँ बस्ति युवा क्लबमा जारि रहेको निशुल्क खाना खुवाउने अभियानलाइ सुरक्षित बनाउनको लागि ज्वरो नाप्ने यन्त्र थर्मल गन उपलब्ध गराएका उनले बाच्छा बाच्छी संरक्षण होस या रक्तदान कार्यक्रममा सरिक हुदै रक्तदान समेत गर्दै र अरुलाई पनि गर्नको लागि आव्हान गर्दै आएका छन ।

जता हेर्यो त्यतै समस्या र जटिलता रहेको बताउने सुवेदीले विपदमा जनताको सेवा गर्न पाउनु गहन दायित्व रहेकोले यसले अनुपम आनन्द  महसुस भएको अनुभूति सुनाउछन ।संकटको बेलामा आ आफ्नो ठाउ बाट जे सकिन्छ त्यो गर्न अनुरोध  गर्दै सामाजिक दायित्व बाट नभाग्न सबैलाई अनुरोध गरेका छन ।केन्द्र सरकारले कोरोना भाइरस विरुद्ध कार्य सुरु गरे देखि  आफु र  आफ्ना सहकर्मी जनप्रतिनिधीहरु सधै सगैं वडा बासीहरुलाइ पर्न सक्ने समस्या अफ्ठ्यारोलाइ समाधान गर्नको लागि नियमित सम्पर्कमा रहेको बताउने    उनले वडा बासीलाई घरमै बस्न अनुरोध गरेका छन ।

 

फेसबुक प्रतिक्रियाहरु