बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • लकडाउन पालना गराउन ‘भूत स्वयंसेवक’को प्रयोग
समाचार

लकडाउन पालना गराउन ‘भूत स्वयंसेवक’को प्रयोग

२ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न विश्वका धेरै मुलुकले लकडाउन गरेका छन् । तर लामो समयसम्म लकडाउन पालना गराउन सजिलो छैन ।

इन्डोनेसियाको केपुह गाउँमा भने लकडाउन पालना गराउन अनौठो जुक्ति निकालेको छ |

पछिल्लो केही समययता जुनेली रातमा सेता ‘भूत’हरु सडकमा देखिन थालेको द साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । जाभा टापुमा अन्धविश्वास मान्ने मानिसरुलाई घरमा नै राख्न स्वयंसेवकहरुलाई ‘भूत’को रुपमा परिचालन गरिएको छ ।

सामाजिक दूरी कायम राख्न प्रहरीसँग मिलेर यो योजना ल्याइएको गाउँको युवा समूहका प्रमुख अन्जर पंकानिङटिएस बताउँछन् । उनीहरुले ‘पोकोङ’ को प्रयोग गरेर मानिसलाई घरबाट निस्किन डर देखाइरहेका छन् । इन्डोनेसियामा पोकोङ मानिसको ‘भूत’को प्रतीक हो ।

यो भूत सेतो कपडाले बेरिएको, अनुहारमा पाउडर दलेको र कैलो किसिमको आँखा भएको हुने विश्वास गरिन्छ ।

स्रोत :अनलाइन खबर

फेसबुक प्रतिक्रियाहरु