मङ्लबार, अशोज १८, २०७९
  • होमपेज
  • लकडाउन उल्लंघन गरेका युवक कुट्ने सशस्त्रको जागिर गयो
समाचार

लकडाउन उल्लंघन गरेका युवक कुट्ने सशस्त्रको जागिर गयो

१८ चैत,

सप्तरी । औषधि किनेर सीमावर्ती क्षेत्र भारतबाट आइरहेको अवस्थामा सप्तरीका दुई युवकलाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको छ । कुटपिटमा संलग्न एक जवानलाई निलम्बन गरिएको छ भने अर्का एक जनालाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको छ ।

दुई युवकलाई बलान बिहुल गाउँपालिकास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा निर्घात कुटपिट गर्नेमध्येका मनोज चौधरीलाई निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । अर्का जवान केशव थापा मगरलाई सदरमुकाम राजविराज तानिएको छ ।

‘मगरलाई यहाँ तानेर अनुसन्धान सुरु गरेका छौं’ उद्धव न्यौपानेले भने, “उनलाई कारबाही हुन्छ ।”

सशस्त्र प्रहरीको कुटपिटबाट बलान बिहुल गाउपालिका ३ मौवाहाका हरेकृष्ण साह र चन्दर यादव घाइते भएका छन् । सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएको टोलीले यी दुबैलाई कुटपिट गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु