शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • डोटीमा भारतबाट फर्केका करिब ४०० जना क्वारेण्टाइनमा
समाचार

डोटीमा भारतबाट फर्केका करिब ४०० जना क्वारेण्टाइनमा

भारतका विभिन्न शहरबाट फर्केका तीन सय ९४ जनालाई डोटीको क्वारेण्टाइनमा राखिएको छ ।

भारतबाट आएकाहरुलाई क्वारेण्टाइमा राख्न नेपाल सरकारले दिएको निर्देशनअनुसार डोटीका नौ वटै स्थानीय तहमा तीन सय ९४ लाई क्वारेण्टाइनमा राखिएको हो ।

हालसम्म जिल्लाका विभिन्न स्थानीय तहका २४ स्थानमा क्वारेण्टाइन स्थापना गरिएको स्वास्थ्य कार्यालय डोटीका कोरोनासम्बन्धी सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिए । विष्टका अनुसार हालसम्म स्थापना भएका क्वारेण्टाइनको कुल क्षमता पाँच सय १७ शय्या रहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु