
यसै अभियानअन्तर्गत आज मंसिर ६ गते गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी चोकमा रक्तदान कार्यक्रम सञ्चालन भइरहेको छ। यसअघि गोकर्णेश्वर नगरपालिकामा आयोजना गरिएको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि आयोजकले अभियानलाई नगरपालिकाका सबै वडासम्म विस्तार गर्ने लक्ष्य लिएको हो।
रक्तदान अभियानलाई सफल बनाउन रक्तदाता, नेपाल राष्ट्रिय खड्गी समाजका पदाधिकारी तथा सदस्यहरू, स्थानीय सहयोगी व्यक्तित्वहरू एवं Lions Club of Kathmandu BloodHood परिवारले महत्वपूर्ण सहयोग पुर्याउँदै आएका छन्।
आयोजकले नगरपालिकाका ९ वटै वडामा चरणबद्ध रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै स्थानीय नागरिकलाई नियमित रक्तदानमा सहभागी गराउने, रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा आवश्यक परेको समयमा रगतको सहज उपलब्धताका लागि सहयोग पुर्याउने लक्ष्य राखेको जनाएको छ।

मानवीय सेवाको उत्कृष्ट उदाहरणका रूपमा रहेको रक्तदान अभियानमा सहभागी भई सामाजिक उत्तरदायित्व निर्वाह गर्न आयोजकले सम्पूर्ण नगरवासी, सामाजिक संघसंस्था, युवा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई आह्वान गरेको छ।
रक्तदान गरौँ, जीवन बचाऔँ।
गोकर्णेश्वरलाई रक्तदानमैत्री नगरपालिका बनाऔँ।
फेसबुक प्रतिक्रियाहरु