जुनेली न्युज, काठमाडौँ | गोकर्णेश्वर नगरपालिका जोरपाटीमा रहेको ऋतम्भारा बोर्डिंग स्कुलले SEE ब्याच २०८२ का विद्यार्थीहरूलाइ सम्मान तथा बिदाइ कार्यक्रम गरेको छ | यस स्कुलमा जम्मा १७ जना SEE मा सहभागी भएका थिए , जस मध्ये १५ जनाले A+ प्राप्त गर्न सफल भएका थिए भने २ जनाले A प्राप्त गर्न सफला भएका थिए | स्कुल प्रशासनका अनुसार अहिले सम्मको उत्कृष्ट नतिजा भएको जुनेली न्युजलाई जानकारी दिए |

कार्यक्रम गोकर्णेश्वर नगरपालिकाकी उप मेयर सान्नानी लामाको प्रमुख आतिथ्यतामा भएको थियो भने, कार्यक्रमका सभापति कमल राज अधिकारी रहेका थिए | यसका साथै विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय परिवारको उल्लेख्य उपस्थिति रहेको थियो।

“संस्कार सहितको शिक्षा, असल अनि सफल चरित्र” भन्ने नारासहित सञ्चालन हुँदै आएको विद्यालयले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सम्मान तथा शुभकामना प्रदान गरेको जनाएको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, सम्मान समारोह तथा मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिएको थियो।

विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै विद्यालयसँगको भावनात्मक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।

कार्यक्रम जोरपाटीस्थित दीपज्योति बैंक्वेटमा भव्य रूपमा सम्पन्न भएको हो

फेसबुक प्रतिक्रियाहरु