आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • नेपालका एतिहासिक र पौराणिक कलाकार, शेखर सुवेदी
Breaking News

नेपालका एतिहासिक र पौराणिक कलाकार, शेखर सुवेदी

जुनेली न्युज, काठमाडौँ |

१० वष अघि फेसन डिजाइनिङ क्लोदिङ ब्राण्डबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेका मोडल तथा कलाकार शेखर सुवेदी अहिले ठूलो पर्दाका चलचित्रमा चरित्र नायकको रुपमा जमिसकेका छन् । उनले विभिन्न ऐतिहासिक पात्र, आधुनिक मोडलका रुपमा कला क्षेत्रमा समर्पित भई कार्य गरिरहेका छन् ।

सुवेदी कलक्षेत्रमा विशेष पात्रको भुमिकामा अभिनय गर्न रुचाउँछन् । विशेष गरि पौराणिक, ऐतिहासिक पात्रका रुपमा उनका फोटोसुट र अभिनय विशेष गरि रुचाइएका छन् ।

सामान्य पारिवारिक पृष्ठभुमिबाट मोडलिङ र चलचित्र क्षेत्रमा लागेका सुवेदी अब्बल चरित्र अभिनयकै कारण चलचित्र र मोडलिङ क्षेत्रमा जमेका छन् । २८ वर्षका कलाकार सुवेदीले १० वर्षको कलायात्रामा ५७ वटा म्युजिक भिडियो, १० वटा फिल्ममा आफ्नो दमदार चरित्र नायकको अभिनय गरिसकेका छन् ।

दक्षिण भारतीय फिल्म रेड्डीमा सपोर्टिभ आर्टिष्टको अभिनय समेत गरेका सुवेदीले थुप्रै मोडलिङ इभेण्ट, शोमा आफ्नो प्रस्तुती दिनुका साथै जजको भूमिका निर्वाह गरेका छन् । ।

शेखर सुवेदीले कला यात्रामा विभिन्न सम्मान तथा अवार्ड प्राप्त गरेका छन् । मिस्टर पपुलर अफ नेपाल २०१६ को मोडलिङ प्रतियोगिताको विजेता समेत रहेका सुवेदीको पौराणिक पात्र, चरित्रमा भएको फोटोसुट तस्विर रसियाको मारिका म्याजाजिन (२०२२ सेप्टेम्बर ७), वासिङटनको कताना (जुन २०२२) मा प्रकाशित भएको थियो ।

भारतको पञ्जाव र गुजरातको लोकप्रिय पत्रिकामा, विहारको दर्शन र डिजायर न्युजमा समेत सुेवेदीको चरित्र अभिनयका बारेमा छापिएको थियो ।

कलायात्रालाई नै जीवनको मुख्य लक्ष्य बनाएका सुवेदी भन्छन्– शुरु शुरुमा फिल्म क्षेत्रमा भूमिका पाउन गाह््रो भए पनि अहिले चरित्र नायकका रुपमा काम र सम्मान दुबै पाएको छुँ । चरित्र नायकको मेरो अभिनय धेरै रुचाइएको छ । नेपालको ऐतिहासिक, सांस्कृतिक, पौराणीक पात्रका माध्यमबाट विश्व रंगमञ्चलाई नेपालले पनि धेरै दिन सक्छ भन्ने लागेको छ ।

फेसबुक प्रतिक्रियाहरु