जुनेली न्यूज, काठमाडौं
निजि बिधालयहरुको सङ्गठन प्याब्सनको मङ्सिर भित्र अधिराज्य भरिका नगर कार्यसमितिको अधिबेशन सम्पन्न गरिने भएको छ।
नगर अधिवेशन पछि पौष भित्रमा जिल्ला अधिबेशन, माघ भित्रमा प्रदेश र फाल्गुण भित्रमा केन्द्रको अधिबेशन सम्पन्न गर्ने केन्दिय कार्यसमितिको निर्णय छ।
प्याब्सन शैक्षिक तथा बौद्दिक ब्यक्तिहरुको समुह भएको हुँदा यसमा कुनै राजनितिक तुछ नपर्ने गरि बैचारिक छलफल गरि सबै कार्यसमितिहरु सहमतिका आधारमा गर्ने उच्चतम अभ्यास रहने जानकारि प्राप्त भएको छ।
यसै बीच २०८१ पौष १ गते काठमाडौं गोकर्णेश्वर नगर कार्यसमितिको अधिवेशन गर्ने मिति तय भएको छ ।
प्याब्सन गोकर्णेश्वोरको अधिबेशेन सम्बन्धमा हालको कार्यसमितिक अध्यक्ष दुर्गानाथ सिवाकोटि भन्नुहुन्छ, ” यस नगरमा साङ्ठनिक सोचको फरक आयमलाई स्थापना गर्दै लगिएको परिश्थितिमा आगामि अधिबेशसन समझदारि का साथ सर्बसम्मत अघि लगिनेछ। आफु जुनसुकै तहको सङ्गठनमा आवद्द भएता पनि यो नगरको साङ्गठनिक तथा शैक्षिक बिकाशको लागि सदैब कटिबद्द भै आगामि कार्यकाल थप सुदृढ र परिपक्व बनाईदै लैजाने, अधिबेशनमा जिम्मेवारि तथा पदका लागि आ आफ्नो तर्फबाट दाबेदारि दिनु / दिन पाउनु सबै आधिकारिक सदस्यहरुको हक हो। धेरैको दाबेदारि भएता पनि अन्त्य सम्ममा एक प्रकारको समझदारिको बिकाश भै सर्बसम्मत टुङ्ङिन्छ भन्ने बिश्वास छ। “
सिवाकोटीको कार्यकाल सकिँदै गर्दा आफु र आफु भन्दा माथिका तहले तपाईको कार्यकालको कस्तो मुल्याङ्कन भयो र अबको गन्तब्य के हो भन्ने जिग्यास राख्दा, सिवाकोटि भन्नुहुन्छ , ” आफ्नो मुल्याङ्कन आफै गर्न भन्दा पनि अरु प्रति आफ्नो कामले के कस्तो प्रभाब पार्यो र आफ्नो बारेमा कस्ता चर्चा छन भने कुरा महत्वपुर्ण हुन्छ। खासमा मैले प्यासन मात्र, गोकर्णेश्वोर मात्र भनि काम गरिन्। यस क्षेत्रका सबै शैक्षिक सग्गठनहरुसङ्ग सहकार्य, स्थानिय सरकारका योजनालाई सहयोग र समर्थन गर्दै प्याब्सन जिल्ला, प्रदेश र केन्द्र समेतका हरेक कार्यक्रमहरुलाई रचनात्मक सहयोग पुर्याउदै ३ बर्षको कार्यकालको अन्त्यतिर आईपुगेको छु। यो कार्यकालको प्रतिक्रिया बुझ्दा नगर प्याब्सन देखि केन्द्र समेतले हौसला थपि दिएको छ र प्याब्सन तथा ब्यक्तिगत तर्फबाट स्थानिय तह देखि राष्टृय तह सम्म प्याब्सन तथा शिक्षाको क्षेत्रमा थप काम गर्ने हौसला मिलेको छ।”
अन्त्यमा केहि भन्न चाहनु हुन्छ कि? अन्त्यमा यो कार्यकाल अबधिभर सहयोग पुर्याउनु हुने सदस्य बिध्यालयहरु, कार्यसमितिका पदाधिकारि ज्युहरु, सल्लाहकार, जिल्ला , प्रदेश, केद्र प्याब्सनका सम्पुर्ण अग्रजहरु, स्थनिय सरकार, पत्रकार , अन्य शैक्षक सङ्ग्ठनका प्रतिनिधि ज्युहरु तथा बुद्दिजिबिहरु प्रति बिषेश धन्यबाद तथा कृतग्यता ब्यक्त गर्द्छु र आगामि दिनहरुमा पनि यस्तै प्रकारको हौशला र साथको अपेक्षा गर्दछु।
फेसबुक प्रतिक्रियाहरु