शुक्रबार, अशोज २५, २०८१
  • होमपेज
  • गोकर्णेश्वरको न्यायीक समितिमा उजुरी दर घट्यो , पूर्ण विवरण
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वरको न्यायीक समितिमा उजुरी दर घट्यो , पूर्ण विवरण

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा न्यायीक समितिमा करिब आधामात्र उजुरी परेेको छ । आर्थिक वर्ष २०७९/८० मा १०४ वटा उजुरी परेकोमा २०८०/०८१ मा जम्मा ६७ वटा मात्रै उजुरी परेको हो ।

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख एवं न्यायीक समितिका संयोजक सान्नानी लामाले आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को तुलनामा२०८०/०८१ मा करिब हाराहारी उजुरी कम दर्ता भएको उहाँले बताउनुभयो ।

त्यस्तै, चालु आर्थिक वर्ष २०७९/८० मा ४४ वटा उजुरी थिए भने २०८०/८१ मा २९ वटा उजुरी नगरपालिकामा परेको उपप्रमुख लामा बताउनुभयो ।

उहाँले, सोही उजुरी मध्ये २०७९/०८० मा ११ वटा उजुरी उपर मिलापत्र गराइएको थियो भने २०८०/०८१ मा १५ वटा उजुरी उपर मिलापत्र गराई उजुरीकर्ताहरूलाई घर फर्काइएको बताउनुभयो ।

उहाँले,सोही मुद्दाहरू मध्ये  २०७९/०८० मा ७ वटा उपर निर्णय भएको छ भने, २०८०/०८१ मा १३ वटा उजुरी उपर निर्णय गरिएको बताउनुभयो ।

उपप्रमुख लामाले अघिल्लो वर्षहरूको तुलनामा जनताहरूमा सानोतिनो कुराहरू घरमै समाधान खोज्न आवश्यक रहेको जस्ता धारणा आउन थालेको बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु